Like us!
Follow us!
Connect us!
Watch us!

कुचो बेचेर धानिएको एउटा जिन्दगी

बुधबार, १३ पुस २०७३, ११ : २४ मा प्रकाशित

कुचो बेचेर धानिएको एउटा जिन्दगी

सविता सापकोटा
काठमाडौँ– बाटोमा हिड्दै गर्दा कहिले नजर कोहीसँग जुध्छ । कहिले बाटोमा व्यापार गहिरहेका मानिसमा गएर रोकिन्छ  । कहिलेकाहीँ आँखा जुधेका कोही मानिस पहिले कतै देखे वा भेटेजस्तै लाग्छन् । नजर जुधेका सबै मानिससँग बोेलचाल हुँदैन् ।  बाटोमा हिडँदै गर्दा कुचो बोकेर हिँडिरहेका एक वृद्धमा मेरो नजर पर्यो । बिहान बिहानै यसरी कुचो बोकेर हिँड्न लागेको जाँगर देखेर मेरो आफ्नो आल्छिपनले आफैलाई  गिज्यायो । बिहानै उठेर कलेज जान सधै अल्छि लाग्छ ।

कुपन्डोलको चोकमा उनी बिहानै कुचो काँधमा बोकेर बेच्न हिँडेका थिए । उनलाई सबैले चापागाउँको ‘घिमिरे बाजे’ भनेर चिन्ने गर्छन् । उनको घर चापागाउँ हो । विगत १० वर्षदेखि उनी अम्रिसोको कुचो र झाडु बेच्ने गर्छन् । आफ्नो नाम सोध्दा उनले ‘घिमिरे बाजे’ हो भनेर बताउन चाहेनन् । हेर्दा उमेर कम देखिए पनि उनी ७३ वर्षका भईसके रे । उनले बेच्ने कुचो ललितपुरको भट्टेडाँडाबाट ल्याउने गर्छन् । उनको पुर्खोली घर पनि त्यहीँ हो । उनी आफ्नो घरदेखि बिहानै उठेर कुचो बेच्न आएको बताउँछन् । एकदिनमा ५० वटा जति कुचो बिक्ने गरेको उनले बताए ।

घर सफा गर्न प्रयोग हुने कुचो सबैको  घरमा चाहिन्छ । तैपनि कोही बजार पुगेर किन्दैनन् । त्यसैले बोकेर घरघर लैजाँदा सजिलै विक्ने गरेको उनको अनुभव छ । लगनखेलदेखि हिँड्दै कुचो बेच्न उनी कुपन्डोल आईपुग्छन् । एउटा ठूलो कुचो ७५ रुपैउाँ र सानो कुचो ६५ रुपैयाँमा बेच्ने गरेको उनले बताए ।

मूल्य वृदिसँगै कुचोको भाउ पनि बढेको उनले बताए । १० वर्ष पहिले ठूलो कुचोलाई उनले ४० रुपैयाँमा बेच्ने गर्थे । काठमाडौँमा खेतिपाती गर्ने जमिन नभएकाले आफ्नो जीवीको पार्जनका लागि कुचो बेच्दै आईरहेको उनले बताए । आफ्ना सन्तानको बारेमा भने उनले केहि बताउन चाहेनन् ।  ‘ठूलो घर भएको भए भाडामा दिएर बस्नु हुन्थ्यो’ उनले सुनाए, ‘आफूलाई बस्नका लागि मात्र पुग्ने घर छ । त्यसैले केही ब्यवसाय गर्नै पर्यो ।’

 अम्रिसो ल्याएर उनी आफै डोरीले बाँधेर कुचो बनाउने गर्छन् । पहिलेदेखि गर्दै आएको काम भएर आफूलाई यसरी घरघर हिँडेर व्यापार गर्न सजिलो लाग्ने उनले बताए । कुचो बेची सकेर कहिले दिउँसो १२ त कहिले १ बजे घर पुगेर खाना खाने उनले जानकारी दिए ।आफ्नो ज्यानले सकेसम्म काम गरेर खान अल्छी गर्न नहुने विचार उनले छ । हुन पनि हो, अल्छी गरेर खान कहाँ पाइन्छ र ?

यो पढ्नु भयो ? 

मुसहर बस्ती बनाउन धुर्मुश बर्दिबासमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको