Like us!
Follow us!
Connect us!
Watch us!

मुसहर बस्ती बनाउन धुर्मुश बर्दिबासमा

बुधबार, १३ पुस २०७३, ११ : ०३ मा प्रकाशित

मुसहर बस्ती बनाउन धुर्मुश बर्दिबासमा

आरके महतो
बर्दिबास(महोत्तरी)–मुहर बस्ती बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास आएका छन् । उनी आउने खबरले मुसहर बस्तीकी १ सय ५ बर्षीया मरनी सादा मंगलबार विहानैदेखि खुशी थिइन । बिहानैदेखि उनी बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अविर उनलाई लगाई दिइन् ।

मरनी बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन् । कठ्यांग्रिदो जाडोमा भूइँमै पराल ओछ्याएर र बोरा ओढेर उनी रात काट्दै छिन् । मरनीले धुर्मुशलाई भेटेपछि निकै खुशी हुदैं भनिन्, ‘हाम्रो त जीवनै बरबाद भएको थियो । घर बनाउन लाग्नु भयो खुशी लाग्यो । ल बाबु ठूलो मानिस बन्नु, यो बुढी आमाको अशिर्वाद छ  ! ’

मंगलबार बिहानैदेखि मुसहर बस्ती बनाउन धुर्मुस मुसहर बस्ती आउने खबरले बर्दिबासका स्थानीयहरु उनी आउने बाटो कुरेर बसेका थिए । एका बिहानै दाउरा लिन जंगल पुग्ने मुसहरहरु मंगलबार धुर्मुसको स्वागत्मा जुटे । कसैले छिमेकीको आगनबाट फूल टिपेर ल्याए । कसैले माला उने । कोही बस्ती सरसफाइमा जुटे ।

प्रतिक्षमा बसेका मुसहरहरुको सामुने हास्य कलाकार धुर्मुस पुगेपछि उनीहरु खुशीले गदगद भए । मुसहर बस्तको माहौल रोमाञ्चक बन्यो । मुसहरहरुले खुशी भएर धुर्मुसको गलामा माला लगाई दिए । निधारमा  रातो र पहेलो अक्षता लगाई दिए । धुर्मुस—सुन्तलीको पहलमा बस्तीभित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा विशेष रुपमा धाराबाट अमखोरामा ल्याइएको पानी खुवाएर खुशियाली साटे ।

धुर्मुशलाई मुसहरहरुले घरघर घुमाए । धमुर्स–सुन्तलीले मुसहरको घर बनाइ दिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका २ सय ७० जना मुसहरमा खुशियाली छाएको छ ।स्थानीयको स्वागत्ले अफूहरुलाई काम गर्न हौसला बढाएको धुर्मुसले बताए । ‘मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासका लागि मुल फुटाउन खोजेका हौं ।

मुसहर बस्तीबाट देशभरी  समानतको र सद्भवको सन्देश जानेछ  । सबै तिरका विभिन्न पीडितमा मलहम पट्टी लगाउने अभियानको थालनी हुने कुरा म विश्वस्त छु,’ उनले भने,‘ हामी सबै खटिएमा देश अवश्य बन्छ ।’धुर्मुसले मंलबारै स्थानीय राजनीतिक दलका नेताहरुसँग मुसहर बस्ती निर्माण सम्बन्धमा अन्तक्र्रिया तथा सार्वजनीक सुनवाई गरेका छन् । स्थानीय राजनीतिक दलले मुसहर बस्तीको मुहार फेर्न भारी बोक्न तयार भएको सामुहिक रुपमा प्रतिबद्धता ब्यक्त गरे गरे ।

४ करोड ७८ लाख रुपैयाँको लागतमा मुसहर बस्ती निर्माण कार्य हुदैंछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहार स्वरुप दिने योजनासहित धुर्मुस–सुन्तली पाउण्डेसनले काम थालनी गरेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको