Like us!
Follow us!
Connect us!
Watch us!
नेपाल पूँजीबजार लगानीकर्ता संघले भेट्यो नेप्से प्रमुखलाई

साउन १ गतेदेखि सेयर बजार पूर्ण रुपमा स्वचालित

बुधबार, २७ असार २०७५, १४ : १५ मा प्रकाशित

साउन १ गतेदेखि सेयर बजार पूर्ण रुपमा स्वचालित

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत रमेश अर्यालले सेयर बजारलाई पूर्ण रुपमा स्वचालित बनाइने बताउनुभएको छ ।

नेपाल पूँजीबजार लगानीकर्ता संघसँग आज भउको घेटमा प्मुख कार्यकारी अधिकृत अर्यालले आगामी साउन १ गतेदेखि बजार पूर्ण रुपमा अनलाइनमार्फत स्वचालित हुने बताउनुभएको हो ।

उहाँले बजार विस्तारका लागि कुनै पनि कसर बाँकी नराख्ने उल्लेख गनुृभयो । सेयर बजारको सुधारको लागि लगानीकर्ताको सल्लाह र सुझावको सदैव कदर गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत उहाँले जनाउनुभयो ।

सेयर बजार निरन्तर ओरालो लागेको र लगानीकर्ता निराश भइरहेको बेला नेप्से प्रमुखको सो भनाईले लगानीकर्तालाई केही मात्रामा भएपनि लाभ प्रदान गर्ने विश्वास लिइएको छ ।

सो अवसरमा संघको उपाध्यक्ष राधा प्रोख्रेलको नेतृत्वमा माहासचिब एस.पी.चौलागाई र कोषाधक्ष राजु पौडेल लगायतले सेयर बजारमा देखिएका समस्या समधानका लागि नेप्से प्रमुख अर्याललाई अग्राह गरेको थियो ।

अर्थमन्त्री स्तरीय निर्णयपछि यही सोमबार नेप्से प्रमुखमा अर्याल नियुक्त हुनु भएको हो ।

निर्वाचन आचारसंहिता विपरित तत्काल शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका चन्द्रसिंह साउद यही असार २० गतेको मन्त्रिपरिषद्को निर्णय लगत्तै खारेजीमा पर्नुभएको थियो । 

यो पनि पढ्नुहोस्

लगानीकर्तालाई १५ प्रतिशत लाभांश देखाई एफपिओ भिराउँदै एनएमवि बैंक 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको