Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई १५ प्रतिशत लाभांश देखाई एफपिओ भिराउँदै एनएमवि बैंक

विहीबार, २८ असार २०७५, ०५ : ५० मा प्रकाशित

लगानीकर्तालाई १५ प्रतिशत लाभांश देखाई एफपिओ भिराउँदै एनएमवि बैंक

अर्थ संसार, काठमाडौं–  थप सेयर निश्काशन (एफपिओ) नविक्ने छाँटकाँट देखेपछि एनएमवि बैंकले लांभासको लोभ देखाई लगानीकर्तालाई भिराउने उपाए खोजेको छ ।

जेठ ३१ गतेदेखि निष्काशन गरेको एफपिओ अझै विकेको छैन । एफपिओको समय मात्र भोली (असार २८ ) गते सम्म हो । एफपिओ नविकेपछि विकाउन लाभांश घोषणा देखिन्छ । बैंकले १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

हतारहतारमा असार २६ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।  बैंकले जेठ ३० गते देखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला थियो ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषको अनुसार मंगलबार बेलुकासम्म २ अर्ब ६१ करोड रुपैयाँको आवेदन परेको छ । अहिलेसम्म कुल ६४ हजार ६५० जनाबाट ७८ लाख ३७ हजार ८३७.८३ कित्ताका लागि आवेदन दिएका छन् ।

अझ ३५ लाख ७७ हजार कित्ता बिक्न बाँँकी छ ।  लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँका दरले यसमा आवेदन दिन सक्नेछन् । 

तर, एनएब बैंकको दोस्रो बजारमा प्रतिकित्ता ३४५ रुपैयाँमा कारोबार भैरहेको छ । यो समाचार तयार पर्दाखेरी एफपिओ र बजारको मूल्यको अन्तर १३ रुपैयाँ रहेको छ । नेप्से बैंकको एफपिओ सूचिकृत भएपछि मूल्य घटेर बुटल पावर कम्पनीले जस्तो विजोग बनाउने डरमा लगानी गर्ने लगानीकर्ताहरु रहेका छन् ।

केही दिनअघिको सेयर कारोबारको चार्टले यस्तो देखाउँछ

5b45a4f769aa3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको