Like us!
Follow us!
Connect us!
Watch us!

सुधारको संघर्षमा सेयर बजार

मंगलबार, ०५ असार २०७५, ०८ : ०८ मा प्रकाशित

सुधारको संघर्षमा सेयर बजार

लामो समयदेखि सेयर बजारमा कायम मन्दी अझै जारि रहदा लगानीकर्ताहरुमा निराशा छाउने क्रम बढ्दो छ । ७२ सालमा उच्चतम विन्दु पार गरेर करेक्सन हुदै वियरिश ट्रेण्ड तिर गएको सेयर बजार विविध कारणबाट हालसम्म पनि ‘‘वाउन्स ब्याक’’ गर्न सकिरहेको छैन ।

केही समय सुधारको संकेत देखाउने बजारले केहीदिनमै पुन घटदो प्रबृती दोहोर्याउने गरेको देखिन्छ । यसबाट उच्चतम विन्दुमा बजारमा प्रबेश गरेका लगानीकर्ताहरु थपमारमा परेको देखिन्छ ।

उनिहरुले प्राप्त बोनश र हकप्रद सेयर समायोजन गर्दा समेत आफ्नो पोर्टफोलीयोलाई ब्रेक इभनमा ल्याउन नसकेको देखिन्छ । यद्यपी बजारमा पछि प्रबेश गरेका लगानीकर्ताहरुको हकमा भने तुलनात्मक रुपमा केही सहज स्थीती देखिन्छ । साथै यस विचमा केही अल्पकालीन लगानीकर्ताहरुल पनि नाफा कामाउन सके ।

बजारमा सुधारका  धेरै अबसरहरु पछिल्लो समय निस्फल देखिएका छन् ।  देशको राजनितिको लागिकोशे ढुङ्खा मानिएक ाविभिन्न चरणमा भएका स्थानीय चुनाव, प्रदेश तथा संघिय चुनावको महत्वपुर्ण अबसरहरु पनि बजारको लागि निस्कृय भए ।

देशमा राजनैतीक स्थीरता पछि समृद्धीको यात्रा सुरु भएसंगै सेयर बजारमा ठुलो सुधारको आशामा रहेका लगानीकर्ताहरु देशमा स्थीर राजनितीको प्रारम्भ भएपछि पनि बजार प्रतिकृयाहीन बनेपछि थप निराश भए ।

हुनत सेयर बजारका लगानीकर्ताहरुको नजरमा पुँजिबजार प्रतिअनुदार मानीएका वाम शक्तिहरुको राष्ट्रिय राजनीतीमा जबरजस्त उदय पछि बजारमा केही आशंकाहरु पनि सृजना भए । पटक पटक वामपन्थी शक्तिहरुले लगानीकर्ता कात्यी आशंकाहरुलाई चिर्ने कोशीश गरेर आफुहरुलाई खुल्लाबजार अर्थतन्त्रको पक्षमा उभ्याउन खोजेपनि लगानीकर्ताहरु आश्वस् तहुन सकेनन् ।

अझनया सरकारको गठनसंगै अर्थमन्त्री बनेका युवराज खतिवडाले दिएका पुँजिबजार सम्बन्धी अभीब्यात्तीहरुले लगानीकर्ताहरु थप त्रसीत बने । बजेटमा पुँजिगत लाभकरको दायर बृद्धी गरे संगै सरकार प्रती असन्तुष्ट लगानीकर्ताहरु बजार विकाश विस्तार र विविधिकरणमा आम अपेक्षा अनुरुप निति कार्यक्रम नआउदा अन्यौलतामा परे ।

लगत्तै बोनश र हकप्रदको आधार मुल्यमा ल्याईएको नयाँ ब्याबस्थाले लगानीकर्ताहरुलाई झनै तनावपुर्ण अबस्थामा पुर्यायो । यद्यपी लगानीकर्ताहरुको कडा विरोधका कारण सरकार त्यसमा तत्कालका लागि पछि हटे पनि उक्तकदमले राज्यको पुँजिबजार नितिप्रती लगानीकर्ताहरुको प्रश्न झनै पेचिलो बन्यो ।

राज्य र राजनिति संग सम्बन्धीत यस्ता तथ्यको अलावा बजारलाई कमजोर बनाउनको निम्ति अर्थतन्त्रका अन्य आयामहरुले पनि भुमिका खेले । कसिलो ब्याजदर , साथै वित्तिय प्रणालीमा लामो समय देखि रहेको तरलता अभाव , सेयरको अधिक आपुर्ती जस्ता कुराहरुले बजारमा दबाव सृजना गरिनै रह्यो। यद्यपी यो कठीन परिस्थितीमा लगानीकर्ताले धैर्य राख्नै पर्ने देखिएको छ ।

यस्तो अबस्थामा लगानीकर्ताको मनोवल कमजोर हुदाबजार झनै कमजोर हुने खतरा देखिन्छ । र अर्को तर्फ अधिकाशं सुचिकृत कम्पनीहरुको बजार मुल्य पछिल्लो दशककै कममुल्यमा आएको बेला यो लगानीको लागि एतिहासीक अबसर पनिहो ।

राज्य आर्थीक समृद्धीको मार्गरेखामा जादै गर्दा पुँजिनिर्माण र परिचालनको मुख्य चेम्बर मानिएको पुँजिबजार प्रति ढिलो चाडो उदार देखिने कुरामा दुईमत छैन । र पुँजिबजारको विकाश विस्तार र विविधिकरणको लागि राज्यका निकायलाई परेको दवाबले राज्यत्यसतर्फ गम्भिर हुने नै छ । तसर्थ अहिले गरीने विकेकपुर्ण लगानिले आगामि केहीमहिना पछिको समयलगानीकर्ताका लागि सुखमय बन्ने नै ।

यो पनि पढ्नुहोस्

समय र सुचनाको विवेकपुर्ण व्यवस्थापन : सेयर बजारमा सफलताको आधार

आपूर्ति ब्याबस्थापन चुनौतीपूर्ण बन्दै

पुँजी निर्माण र आर्थिक समृद्धिको निम्ति सेयर बजार

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको