Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकको एफपिओ, बुटवल पावरको जस्तै, लगानी गर्दा विचार पुर्याउनुस्

बुधबार, ३० जेठ २०७५, १३ : २९ मा प्रकाशित

एनएमबी बैंकको एफपिओ, बुटवल पावरको जस्तै, लगानी गर्दा विचार पुर्याउनुस्

अर्थ संसार,काठमाडौं -  एनएमबी बैंकको थप सार्वजनिक निस्काशन(एफपिओ)को बिक्री खुलेको छ । बैंकले आजदेखि आगामी असार ३ गतेसम्म बिक्री गर्ने तयारी स्वरुप एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्री सुरु गरेको हो ।

तर बैंकको वित्तीय अवस्था, सेयर बजारमा देखिएको अवस्था तथा अन्य विविभन्न कारणहरुले गर्दा सो बेंकको एफपिओ बुटवल पावर कम्पनीको अर्को श्रृखला मात्रै हो ।

सो बैंकको एफपिओ बिक्रीको सम्भावना कम रहेको छ । बुटवल पावरको एफपिओ बिक्री नभएका कारण पछि शेयर प्रत्याभूतिकर्ताले बाध्य भएर सेयर खरिद गर्नु परेको थियो ।

सो बैंकको समेत एफपिओ बिक्री हुने सम्भावना एकदमै कम रहेको छ ।  बैंकले रु एक सय अंकित मूल्यमा रु २३३ प्रिमियम थपेर प्रतिकित्ता रु ३३३ मा एफपीओ बिक्री गर्न लागेको हो । हाल एननएमबीको दोस्रो बजारमा प्रतिकित्ता ३६७ रुपैयाँ मा कारोबार भईरहेको छ । एफपिओ र बजारको मूल्यमा मात्रै ३४ फरक रहेको छ । बैंकको शेयर निरन्तर घटीरहेको छ । एफपिओ बिक्री हुँदासम्म शेयरको मूल्य घटेर एफपिओको मूल्य भन्दा तल आउने सम्भवाना रहेको छ ।

निरन्तर घटीरहेको बजारलाई धान्ने क्षमता बैंकको देखिदैन । किनकी बजार बढ्ने चरणमा नभई घट्ने चरणमा रहेको छ ।बैंकको एफपिओमा यहि जेठ ३० गतेदेखि असार ३ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा आवश्यक आवेदन नपरेमा मात्र असार २८ गतेसम्म आवेदन गर्न सकिनेछ । आवेदन पर्दैन भन्ने लागेर नै बैंकले एफपिओमा आवेदन दिने समय लम्ब्याइएको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्म आबेदन गर्न सकिने बैंकको शेयर निश्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । मेरो शेयर प्रयोकर्ताले भने घरमै बसेर इन्टरनेटको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

बैंकले संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सेदारी कायम गर्न एफपिओ बिक्री गर्न लागेको जनाएको छ ।  एफपिओबाट बैंकले रु २ अर्ब ६५ करोड  प्रिमियम संकलन गर्नेछ भने रु एक अर्ब १४ करोड १५ लाख चुक्ता पूँजी थपिनेछ । तर सो बैंकको एफपिओमा लगानी गर्नु अघि लगानीकर्ताले एक पटक विचार गर्दा राम्रो हुने देखिन्छ । अन्यथा लगानीकर्ता बुटवल पावरमा जसरी नै डुब्ने छन् भन्दा फरक पर्दैन ।

बैंकको प्रति सेयर आम्दानी हालसम्म मात्रै रु २९ रहेको छ ।  मूल्य आम्दानी अनुपात १५.२९ मात्रै रहेको छ ।

यो पनि पढ्नुहोस्

एक महिनाभित्र प्रतिकित्ता १०२ रुपैयाँ डुवाएको एनएमबी बैंकको एफपिओमा लगानी गर्दा फाइदा कि वेफाइदा ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको