Like us!
Follow us!
Connect us!
Watch us!

एक महिनाभित्र प्रतिकित्ता १०२ रुपैयाँ डुवाएको एनएमबी बैंकको एफपिओमा लगानी गर्दा फाइदा कि वेफाइदा ?

बुधबार, ३० जेठ २०७५, १३ : ०० मा प्रकाशित

एक महिनाभित्र  प्रतिकित्ता १०२ रुपैयाँ डुवाएको एनएमबी बैंकको एफपिओमा लगानी गर्दा फाइदा कि वेफाइदा ?

अर्थ संसार, काठमाडौं– एनएमबी बैंक लिमिटेडको थप सेयर निश्कासन (एफपिओ)  आजदेखि  बिक्री खुल्ला भएको छ ।

बैंकले चुक्ता पुुँजी बढाउनको लागि १ सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो ।

बैंकले प्रमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ असार ३ र ढिलोमा असार २८ गतेसम्मलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।

यहाँबाट दिनुहोस आवेदन

यस बैंकको एफपिओमा लगानी गर्ने लगानीकर्ता एनएमबीको सवै शाखा, सि–आस्वा, मेरो सेयरबाट समेत एफपीओका लागि आवेदन दिन सकिने  बैंकले जनाएको छ ।

एफपिओमा लगानी गर्दा फाइदा कि वेफाइदा ?

३३३ रुपैयाँमा एफपिओ निश्कासन गर्न लागेको यस बैंकको भाउ घटेर प्रतिकित्ता ३६५७ रुपैयाँमा आइपुगको छ । मंगलबार मात्रै ४ रुपैयाँ घटेको छ ।  यस बैंक सेयर मुल्य ११ दिनको विचमा प्रतिकित्ता ३० रुपैयाँमा घाटा खाएको देखिन्छ ।

जेठ २० गते प्रतिकित्ता ८ रुपैयाँ घटेर ३९७ रुपैयाँमा आएको सेयर भाउ विस्तारै घटेर जेठ २९ गते (मंगलबार) सम्म ३६७ रुपैयाँमा आइपुगको छ ।  अहिलेको बजार मूल्य (३६७)  र एफपिअको मूल्य (३३३) अन्तर ३४ रुपैयाँ रहेको छ ।

 के भन्छ १ महिनाको चार्टले ?

बैंकको दोस्रो सेयर बजारको चार्टलाई हेर्दा बजार भाउ विस्तारै ओरालो लाग्दै आएको देखिन्छ । बैशाख २५ गते ४६९ रुपैयाँमासम्म पुगको सेयर भाउ जेठ २९ गते ३६७ रुपैयाँमा झरेको छ ।

करिव १ महिनाको विचमा लागनीकर्ताले १०४ रुपैयाँ घाटा खाएका छन् । एफपिओ पछि बैंकको सेयर संख्या बृद्धि भई दोस्रो बजारमा सेयरको भाउ ह्वात्तै घट्ने छ ।

एफपिओमा लगानी गर्ने लगानीकर्ताल लगानी उठाउन  बैंकले दिने बोनस सेयर र नगद लाभांशको आशा गर्नु पर्ने देखिन्छ । यस बैंकले निश्कासन गरेको एफपिओमा लगानी गर्ने कि नगर्ने लगानीकर्ताको विचार !

5b1fdb689cb6c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको