Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार सामान्य अंकले सुधार, एनविका लगानीकर्ताले ८ प्रतिशत कमाए

विहीबार, ०७ पुस २०७३, १६ : १४ मा प्रकाशित

सेयर बजार सामान्य अंकले सुधार, एनविका लगानीकर्ताले ८ प्रतिशत कमाए

अर्थ संसार
काठमाडौं– केही दिनदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक बिहीबार समान्य अंकले उकाले लागेको छ । यस दिन नेप्से परिसूचक ४.७८ अंकले बढेको छ । यस दिन बैंक, विकास बैंक, उत्पादन र अन्य उपसूचकहरु हरिया भए भने बाँकी अरु उपसूचक रातै भएका छन् । 

यस दिन बैंक २.९२ अंक, विकास बैंक ५.८४ अंक, उत्पादन ३४.०१ अंक र अन्य१९.९६ अंकले बढेका छन् । यता होटल  २३.३१ अंक, हाइड्रो १५.३१ अंक, वित्तिय ३.५६ अंक र विमा समुह ९.४८ अंकले घटेका छन् । 
केही अंकले बढेको बजारमा एनवि इन्सुरेन्सका लगानीकर्ताले आफ्नो आम्दानी ७.९० प्रतिशतले बढाएका छन् ।

यस दिन यस इन्सुरेन्स कम्पनीको सेयर मूल्य  ३५ रुपैयाँले बढेको छ । त्यसै गरी ग्रिन डेभलपमेन्ट बैंकले करिव ६.५८ प्रतिशतले बढेको छ । यता उच्च मूल्यले घट्ने कम्पनीमा माउन्ट मकालु डेभलपमेन्ट बैंक ५.७५ प्रतिशतल घटेको छ । 

 यस दिन सबैभन्दा बढी उत्पादन समुह ३४.०१ अंकले बढेको छ ।  १४७८ अंकसम्म पुगेको परिसूचक सम्हालिन नसक्दा अन्तिममा १४७५ मा सीमित भएको हो ।  १३८ कम्पनीको सात लाख ६९ हजार नौ सय २० कित्ता सेयर ५० करोड २२ लाख ३२ हजार रुपैयाँको किनबेच भएको छ ।

 यो पढ्नु भयो ? 

बन्दको आह्वान गरेपनि छैन सडक बन्द

‘लैला में लैला’ मा  शाहरुख र सन्नीको हट मस्ती [भिडियोसहित]​

उफ ! कति गर्छौ बन्द, तिम्रो भुँडी भर्नु पर्दैन ?

सिन्धुली महोत्सव ऐतिहासिक बनाउन लागिरहेका छौं

उद्यमशीलता प्रवद्र्धन गर्न इन्टरप्राइजको बिजनेश एक्सेलरेटर प्रोग्राम

पञ्चकन्या ग्रपले ल्यायो सोलार प्यानल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको