Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या ग्रुपले ल्यायो सोलार प्यानल

विहीबार, ०७ पुस २०७३, १० : ३० मा प्रकाशित

पञ्चकन्या ग्रुपले ल्यायो सोलार प्यानल

अर्थ संसार
काठमाडौं–पञ्चकन्याले अत्याधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएको नियो सोलार प्यानल बजारमा ल्याएको छ ।यस्ता सोलार घरायसी प्रयोजनको लागि २९० वाट र ३४५ वाट गरी दुई भिन्न वाटमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

उक्त सोलारको नेपालको लागि आधिकारिक डिट्रिब्यूटर पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उज्वल इनर्जी रहेको छ । यी सोलार युरोप तथा अमेरिकाका ५० भन्दा बढी देशमा प्रयोग हुँदै आएको कम्पनीको दावी छ ।

कम स्थानमा जडान गर्न सकिने, बढी पावर दिने, कम प्रकाशमा समेत चार्ज हुने र कम जोखिमयुक्त यसका विशेषता रहेको कम्पनीको विज्ञप्तिमा जनाएको छ ।यी सोलार प्यानलहरु बैकल्पिक उर्जा प्रबर्धन केन्द्रले प्रमाणित समेत गरिसकेको कम्पनीको दावी छ ।

 यो पढ्नु भयो ? 

उद्यमशीलता प्रवद्र्धन गर्न इन्टरप्राइजको बिजनेश एक्सेलरेटर प्रोग्राम

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको