Like us!
Follow us!
Connect us!
Watch us!

साना लगानीकर्ताहरुको चेपुवामा ठूला लगानीकर्ता तथा म्युचुअल फण्डहरु

मंगलबार, २७ चैत्र २०७४, १० : ३० मा प्रकाशित

साना लगानीकर्ताहरुको चेपुवामा ठूला लगानीकर्ता तथा म्युचुअल फण्डहरु

सेयर बजारमा सधै जसो सुनिने शब्द हो , ठूलाले चलखेल गरे , साना लगानीकर्ताहरु मिचाईमा पारे ।  यस पटक भने बजारमा  ठिक उल्टो भयो । बजार निरन्तर घटिरहेको थियोे ।

ठूला लगानीकर्ताहरु तथा म्युचुअल फण्डहरु बजार अझै तल घट्न सक्छ भने अनुमानमा बसे । तर बजारमा एकाएक फरक दृश्य देखियो । साना लगानीकर्ताहरुको खरिद चापका कै कारण बजार एकाएक करिब  १२०० बिन्दु भन्दा तलको बिन्दुबाट फर्कियो ।

जब बजार स्थिर हुँदै बिस्तारै  फर्किन शुरु गर्यो, ठूला लगानीकर्ता तथा म्युचुअलहरुलाई लाग्यो कि हाम्रो प्रवेश बिना बजार निरन्तर अगाडि बढ्न सक्दैन, छिट्टै करेक्सन मोडमा नै जान्छ । तर, बजार त्यो सोच  बिपरित निरन्तर उकालो लागि रहयो  ।

करेक्सन हुँने कुनै छाँटकाँट नै देखिएन । बजार तल्लो बिन्दुबाट फर्किदा आइतबार एकाएक कारोबार रकममा पनि भारी वृद्धि भयो । यो भारी रकमको कारोबारले के पुष्टि गर्छ भने बजारमा ठूला लगानीकर्ताहरु तथा म्युचुअल फण्डहरुको प्रवेश भयो ।

आजको प्रवेश उनीहरुको इच्छाले भएको होईन कि साना लगानीकर्ताहरुको पेलाइमा परेर भएको हो । अब बजारमा ठूलो करेक्सन आउदैन भन्ने अनुमानमा भएको हो ।

बजारको इतिहास हेर्दा पनि के  देखिन्छ भने चैतको अन्तिम तिरबाट बढ्न थालेको बजार बीच–बीचमा अलि अलि करेक्सन भएता पनि त्यति ठूलो अन्कमा गिरावट आउँदैन ।

सेयर बजारको  बार्षिक चक्र हेर्दा पनि चैतको अन्तिम तिरबाट बजार उकालो लाग्ने र बिच बीचमा करेक्सन आए पनि असार, साउन, भदौ तिर उच्चतम बिन्दुमा पुग्ने ट्रेण्ड देखिन्छ । यो समय भनेको चैतको अन्तिम अन्तिम तिरको समय भएकोले सेयर खरिद गर्ने उपयुक्त समय  हो ।

यहि कुरा बुझेर नै ठूला लगानीकर्ताहरु तथा म्युचुअल फण्डहरु बजारमा बिस्तारै प्रवेश गर्न थालेका हुन् । अहिले अवस्थामा वास्तव मै साना लगानीकर्ताहरुको चेपुवामा ठूलो लगानीकर्ताहरु तथा म्युचुअल फण्डहरु परेकै हुन् । 

कारोबार रकममा भएको वृद्धिले पनि त्यही कुरा देखाउँछ । सेयर बजारको  बार्षिक चक्र हेर्दा पनि चैतको अन्तिम तिरबाट बजार उकालो लाग्ने र बिच बीचमा करेक्सन आए पनि असार, साउन, भदौ तिर उच्चतम बिन्दुमा पुग्ने ट्रेण्ड देखिन्छ । यो समय भनेको चैतको अन्तिम अन्तिम तिरको समय भएकोले सेयर खरिद गर्ने उपयुक्त समय  हो ।

कहिलेकाही बजार अपेक्षा बिपरित पनि कुद्ने गर्छ । बजारमा लगानीगर्दा बजारले कुन ट्रेण्ड समात्न खोजिरहेको छ त्यसको अध्यन एवं  विश्लेषण गर्नु पर्छ ।  बजार निरन्तर बढ्दो  क्रममा छ भने अलिकति महङ्गो भाउमा किन्दा पनि केहि फरक पर्दैन ।

भाउ निरन्तर बढि नै रहन्छ  ।यदि घट्दो क्रममा छ, भने केहि कम नाफामा भए पनि  बिक्री गर्दा केहि फरक पर्दैन किनकि सस्तोमा फेरि किन्न पाइन्छ  ।

 सिद्धान्तमा मात्र  हो सबै भन्दा तल्लो बिन्दुमा किनेर सबै भन्दा उपल्लो बिन्दुमा बेच्नु पर्छ भन्ने । तर ब्यबहारिक रूपमा त्यसरी सबै भन्दा तल्लो बिन्दुमा नै किनेर सबै भन्दा  माथिल्लो बिन्दुमा नै बेच्न  त्यति सम्भाव नै हुँदैन । अलिकति तलमाथि त भै हाल्छ । सबै भन्दा ठुलो कुरा बजारको ट्रेण्ड अनुसार आफू चल्न सक्नुपर्छ ।

ठूला लगानीकर्ता तथा म्युचुअल फण्डहरुको अपेक्षा बिपरित बजार बढे पनि  अब उनिहरु  बजारमा प्रवेश गर्नु पर्छ । बजार आफू अनुकूल चलाउन खोज्ने होईन कि बजार अनुकुल आफू चल्नुपर्छ । बजारमा सानो सानो करेक्सन आए पनि ठूला करेक्सन आएर बजार निकै तल्लो बिन्दुमा झर्ने सम्भावना निकै कम छ । 

अत यसरी ठूला लगानीकर्ता तथा म्युचुअल फण्डहरुको अनुमान बिपरित बजार यसरी उकालो लाग्दा साना लगानीकर्ताहरुको चेपुवामा ठुला लगानीकर्ताहरु एवं म्युचुअल फण्डहरु परेकै हुन् त ?

यो पनि पढ्नुहोस्

के यस्तो अवस्थामा सेयर बजार बढ्न सम्भब छ त ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको