Like us!
Follow us!
Connect us!
Watch us!

के यस्तो अवस्थामा सेयर बजार बढ्न सम्भब छ त ?

सोमबार, १९ चैत्र २०७४, ०७ : ४६ मा प्रकाशित

के यस्तो अवस्थामा सेयर बजार बढ्न सम्भब छ त ?

सबैलाई सेयर बजार बढोस् भन्ने लाग्छ र मलाई पनि बजार बढोस् भन्ने नै लाग्छ र हामी सधै बजार बढ्ने दृष्टिकोणबाट मात्र हेर्ने गर्छौं ।

बजारमा बजार बढ्ने सकारात्मक तत्व हावी भयो भने बजार बढ्छ र नकारात्मक तत्व हावी भयो बजार घट्छ । बजार बढ्ने सकारात्मक तत्वहरुको त सबैले कुरा गर्नु भएको छ , नकारात्मक पक्ष बाट पनि हेरौं है त ।

1, सेयर मा लगानी गर्ने एउटा समुह, कर्मचारी समूह ! जुनसुकै तरिका बाट आय आर्जन गरेता पनि सेयर मा लगानी गर्थ्यो । त्यो समूहको अहिलेको ध्यान सेयर बजारमा भन्दा पनि सरुवामा छ , कहा सरुवा हुने हो भन्ने तनावमा छ । अतस् त्यो समूह अहिले बजारमा तुलनात्मक रूपमा सक्रिय देखिदैन ।

लगानी गर्ने अर्को समूह ठुलो हो, खेलाडी समूह ! जसले बैंकबाट ऋण लिएर लगानी गर्छ। उसको अहिले एक त बजार घटेकोमा तनाव छ । अर्को कुरा बजार घटेकोले सेयर धितोको मुल्य भन्दासेयर को बजार मुल्य कम आएकोले बैंक बाट पैसा थप भन्दै मार्जिनकलको तनावमा छ ।

अत उसले आफ्नो सेयरधितो लिलामी हुन बाट जोगाउन ऋण खोजेर बैंकको मार्जिन कलको पैसा तिर्ने कि बैंकको ब्याज तिर्ने कि निरन्तर घटिरहेको बजारमा ऋण खोजेर लगानी गर्ने ।

2, सस्थागत लगानीकर्ताहरु Mutual Fund हरुको स्थिति थाहा नै छ पैसा सेयर बजारमा लगानी गर्न भन्दा पनि बैंकमा नै डिपोजिट छ ।

3, अर्को ठूलो लगानी समुह हो, मारवाडी समुदाय हो ! जुन अलि लामो समय देखि णै बजारमा निष्क्रिय प्राय छ ।

4, करिब १ बर्ष देखि निरन्तर घटिरहेको बजार आम लगानीकर्ताको मनोबैज्ञानमा नकारात्मक असर पारी राखेको छ । एक दुई दिन बजार यसो हरियो भए पनि लगानी गर्न हिचकिचाई रहेका छन् ।

5, लौन बैंक बाट ऋण लगानी गरौं न त भन्नेहरुको लागि , बजार कहिले बढ्ने हो केहि ठेगान छैन, ब्याज दर महङ्गो छ । एक त सेयर बजारमा पैसा दिनको लागि बैंकमा प्रशस्त तरलता नै छैन ।

6, जसको सेयर बजार बाहेक अन्य बैकल्पिक आय छैन , उहाहरुको बच्चाहरुको नया भर्ना, फि, कापीकिताबको लागि सेयर बेच्ने त हो नि ।

7,बजारमा दिनदिनै विभिन्न तरिकाहरुबाट सेयर थपिदै छ तर लगानीकर्ताहरुको पैसा पहिला महङ्गो मै किन्दा सकियो । अलि अलि बचेको Right भर्दा नै सिद्घियो , अहिले घटेको बेलामा लगानी गर्ने पैसा नै छैन, बेचौ घाटा छ ।

8, सरकारको श्वेतपत्रमा देशको ढुकुटी नै रित्तिएको देशको अर्थतन्त्रको श्याम श्वेत तस्वीर देखि हाल्नु भयो ।

अत नकारात्मक कुरा लेख्यो भन्दै गालिगलौज भन्दा पनि ठण्डा दिमागले सोचौं त, के यस्तो अवस्थामा बजार बढ्न सम्भब छ त ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको