Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले १३० अर्ब २५ करोड तरलता खिच्यो

विहीबार, ०८ चैत्र २०७४, १२ : ४२ मा प्रकाशित

राष्ट्र बैंकले १३० अर्ब २५ करोड तरलता खिच्यो

अर्थ संसार, काठमाडौं– बैैङक तथा वित्त क्षेत्रमा देखिएको तरलता समस्यालाई समाधान गर्न नेपाल राष्ट्र बैकले  आथिक बर्ष २०७४/७५ को सात महिना सम्मा १३० अर्ब २५ करोड तरलता प्रशोचन गरेका छ ।

राष्ट्र बैंक अनूसन्धान बिभागले प्रकाशन गरेको आर्थिक बर्ष २०७४/७५ को सात महिनाको तथ्याङकमा आधारित देशको बर्तमान आथिक तथा वितिय स्थितिका अनूसार आथिक बर्ष २०७४÷७५ को सात महिनासम्ममा खुल्ला बजार कारोबारका विभिन्न उपकरण मार्फत पटक पटक गरि १३० अर्ब २५ करोड तरलता प्रशोचन गरिएको छ ।

यस अनुसार निक्षेप सङकलन बोलकबोलमार्फत ४२ अर्ब ३५ करोड ब्याजदर करिडोर अन्तरगतको चौध दिने निक्षेप सङकलन बोलकबोलमार्फत ३ अर्ब १५ करोड, र रिर्भस रियो मार्फत ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ । अघिल्लो बर्षको सोहि अवधिमा  १०१ अर्ब १० करोडको तरलता प्रशोचन भएको थियो ।

उर्जामन्त्री वर्षमान पुनको स्थलगत भ्रमणको प्रतिक्षामा काबेली कोरिडोर टान्समिशनलाईन आयोजना

समिक्षा अवधिमा राष्ट्र बैङकले ब्याजदर करिडोर अन्तरगतको १४ दिने रियो बोलकबोलमार्फत ५४ अर्ब ५ करोड र सोझै खरिद बोलकबोलमार्फत ३६ अर्ब ३५ करोड गरि कुल गरि ९० अर्ब ४० करोड तरलता प्रबाह गरिएको छ । अघिल्लो बर्षको सोहि अवधिमा  ४२ अर्ब ३८ करोडको तरलता प्रबाह भएको थियो ।

समिक्षा अवधिमा बैङक तथा वितिय संस्थाले २४ अर्ब ८ करोड बराबरको स्थायी तरलता सुविधा उपयोग गरेका छन् । अघिल्लो बर्षको सोहि अवधिमा बैङक तथा वितिय संस्थाले ५४ अर्ब ८३ करोड बराबरको यस्तो सुविधा उपयोग गरेका थिए ।

समिक्षा अवधिमा यस बैङकले विदेशी विनिमय बजार (वाण्ज्यि बैङकहरु) वाट अमेरिकी डलर २ अर्ब ३१ करोड खुद खरिद गरि २३८ अर्ब ३८ खुद करोड तरलता प्रबाह गरिएको छ ।

अघिल्लो बर्षको सोहि अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ३३ करोड खुद खरिद गरि २५१ अर्ब १२ करोड खुद तरलता प्रबाह गरिएको थियो ।

समिक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ७२ करोड र यूरो४ करोड बिक्री गरि २८४ अर्ब ७९ करोड बराबरको भारु खरिद भएको छ । अघिल्लो बर्षको सोहि अवधिमा  अमेरिकी डलर २ अर्ब ३६ करोड र यूरो ९करोड ५० लाख बिक्री गरि २६५ अर्ब ५३ करोड बराबरको भारु खरिद भएको थियो ।

 समिक्षा अवधिमा कुल आन्तारिक कर्जा ९.२ प्रतिशतले बढेको छ । अघिल्लो बर्षको सोहि अवधिमा उक्त कर्जा ९.३  प्रतिशतले बढेको थियो । बार्षिक बिन्दुगत आधारमा २०७४ माघ मसान्तमा यस्तो कर्जा २०.५ प्रतिशतले बढेको छ ।

मैद्धिक क्षेत्रका निजी क्षेत्रमाथि ढाचि १४.१ प्रतिशतले बढेको छ । अघिल्लो बर्षको सोहि अवधिमा यस्तो दाबि १५.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुग

 आधारमा मैद्धिक क्षेत्रको निजी क्षेत्रमाथि दावि २०७४ माघ मसान्तमा  १६.७ प्रतिशतले बढेको छ ।  
 समिक्षा अवधिमा बैङक तथा वितिय संस्थामा रहेका निक्षेप ६.८ प्रतिशतले बढेको छ । अघिल्लो बर्षको सोहि अवधिमा यस्ता निक्षेप ८.९ प्रतिशतले बढेको थियो । बार्षिक विन्दुगत आधारमा २०७४ माघ मसान्तमा बैङक तथा वितिय संस्थाको निक्षेप ११.८ प्रतिशतले बढेको छ ।

२०७४ माघ मसान्तमा बैङक तथा वितिय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्धतीको अंश क्रमश ८.२ प्रतिशत ३६.६ प्रतिशत र ४३.३ प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोहि महिनामा  यस्तो अंश क्रमश ८.१ प्रतिशत ३८.७ प्रतिशत र ३५.१ प्रतिशत रहेको थियो ।

पुषमा बैङक तथा वितिय संस्थाको कुल निक्षेपमा संस्थगत निक्षेपको  अंश ४४ प्रतिशत रहेको छ ।  अघिल्लो बर्षको सोहि महिनामा  यस्तो निक्षेपको अंश ४८.५ प्रतिशत रहेको थियो ।
                   
समिक्षा अवधिमा बैङक तथा वित्तिय संस्थाबाट निजि क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ ।  अघिल्लो बर्षको सोहि अवधिमा यस्तो कर्जा १५.१ प्रतिशत रहेको थियो । निजि क्षेत्रतर्फ प्रबाहित कर्जामध्ये समिक्षा अवधिमा बाण्ज्यि बैङकको कर्जा प्रवाह १३.२ प्रतिशतविकास बैङकको १८.८ प्रतिशत र वित्त कम्पनीको ४.८ प्रतिशतले बढेको छ ।

बार्षिक विन्दुगत आधारमा २०७४ माघ मसान्तमा बैङक तथा वितिय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १६.७ प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा बैङक तथा वित्तिय संस्थाको लगानीमा रहिरहेका कर्जामध्ये ६१.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.६ प्रतिशत कर्जा चालु सम्पति (कृषि तथा गैर कृषिजन्य बस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो बर्षको सोहि अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमश ६०.२ प्रतिशत १४.४ प्रतिशत रहेको थियो ।

समिक्षा अवधिमा बैङक तथा वित्तिय संस्थाबाट प्रवाहित टस्ट रिसिप्ट (आयात) कर्जा ६१.८ प्रतिशत (रु३९ अर्ब ८६ करोड) ले बृद्धि भई १०४ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो बर्षको सोहि अवधिमा यस्तो कर्जा १४.३ प्रतिशतले बढेको थियो ।

समिक्षा अवधिमा बैङक तथा वित्तिय संस्थाबाट प्रवाहित हायर पचाँज कर्जा ८.४ प्रतिशतले तथा ओमरडफट कर्जा १०.९ प्रतिशतले बढेको छ । त्यसैगरी, समिक्षा अवधिमा रियत्न स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १०.७  प्रतिशतले बढेको छ ।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको