Like us!
Follow us!
Connect us!
Watch us!

उर्जामन्त्री वर्षमान पुनको स्थलगत भ्रमणको प्रतिक्षामा काबेली कोरिडोर टान्समिशनलाईन आयोजना

विहीबार, ०८ चैत्र २०७४, १२ : ४३ मा प्रकाशित

उर्जामन्त्री वर्षमान पुनको स्थलगत भ्रमणको प्रतिक्षामा काबेली कोरिडोर टान्समिशनलाईन आयोजना

अर्थ संसार, काठमाडौं– नेपाल सरकारले विश्व बैंकबाट प्राप्त गरेको ऋण सहायतामा विक्रम सम्बत २०६५ साल देखी निर्माण शुरु भएको मेची अंचलको काबेली कोरीडोर ट्रान्समिसन लाइन परियोजनाको निर्माण शुरु भएको १० वर्ष पुगी सक्दा पनि निर्माण सम्पन्न भएको छैन ।

विश्व बैंकले गत वर्ष नै यो आयोजनाबाट हात झिकीसकेको छ । भारतिय ठेकेदार Jagware and Aster Company को लापर्वाही र ढिलाईको कारण राष्ट्रिय महत्वको यो आयोजना अलपत्र परेको छ ।

माननिय पूर्व उर्जा मन्त्री जनार्दन शर्माले पटक पटक स्थलगत भ्रमण गरी यो ट्रान्समिसन लाईनको निर्माण ४ महिना भित्र सम्पन्न गर्न निर्देशन दिनु भएको थियो तर निर्देशनको वेवास्ता भयो, काम भएन ।

अहिले पछिल्लो पटक प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले २०७४ फाल्गुण २४ देखी २६ सम्म यो परियोजनाको भ्रमण गरी यसमा रहेका समस्याहरु प्हिचान गरी सकनु भएको छ र वाहाँले २०७५ साल वैशाख महिना भित्र यो आयोजनाको निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

यो आयोजनाको निर्माण सम्पन्न गरिसक्नु पर्ने पछिले समय सिमा २०७५ वैशाख १० गते तोकिएको छ । यो निर्माण सम्पन्न गर्ने अवधिअव थप नहुने कुरा बताउँदै समयमा काम सम्पन्न गर्न कार्यकारी निर्देशकज्यूले निर्देशन दिनु भएको छ । यसको निरन्तर फलोअप गर्नु पर्ने आवष्यकता छ ।

यो आयोजनामा अहिले इलामको सिद्धिथुम्कामा ११ वटा, चमैतामा ५ वटा तथा जोरसाल क्षेत्रमा ११ वटा टावरको जग हाल्न बाँकी छ । यी टावरहरुको लागी जग्गा प्राप्ती, लाईन मुनी पर्ने निजी जग्गाको क्षतिपूर्ति, बनको रुख कटानका कामहरु तीब्रगतिमा गरिदिएर ठेकेदारले काम गरे बापत पाउने भुक्तानी उपलब्ध गराई दिए २०७५ साल वैशाख भित्र यो आयोजना निर्माण सम्पन्न हुनेछ ।

स्मरण रहोस माननीय प्रधानमन्त्रीज्यूको जन्मस्थान भएर यो ट्रान्समिसन लाईन गएको छ ।

यो ट्रान्समिसन लाईन बनेमा पूर्वी नेपालमा लोडसेडिङ को अन्त हुनेछ । भारतको कटैयाबाट महंगो विद्युत आयात गर्नु पर्ने छैन । मेचि अंचलको पाँचथर जिल्लामा निर्माणाधिन हेवा खोला १४.९ मेगावाट, लोअर हेवा खोला २२.५ मेगावाट, काबेली बी–१ २५ मेगावाट, इवा खोला ९.९ मेगावाट, फावाखोला ४.९ मेगावाट र काबेली ए ३७.६ मेगावाट गरी जम्मा ११४.८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाईनमा थप हुनेछ ।

यसकारण राष्ट्रिय महत्वको यो आयोजना निर्माण गर्न नवनियुक्त उर्जामन्त्री जलविद्युत कम्पनीहरुले ध्यानाकर्षण गराएका छन् ।

जलविद्युत कम्पनीहरु मेची कोरिडोर ट्रान्समिसन लाईन माननिय मन्त्रीज्यूको स्पष्ट निर्देशन र कार्यादेशको प्रतिक्षामा रहेको छ ।

5ab360276a052.jpg 5ab3603f306ba.jpg 5ab36055696ef.jpg 5ab3606c3435c.jpg 5ab3625047f75.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको