Like us!
Follow us!
Connect us!
Watch us!
पुष्पालाई सीएनएनको वेवसाइटमा गएर सिधा इमेल वा फेसमार्फत लगइन गरेर, फेसबुक मेसेन्जर र ट्वीटरमार्फत भोट गर्न सकिन्छ

पुष्पालाई सिएनन सुपर हिरो बनाउने अबसर, भोलिसम्म मत दिन पाइने, कसरी दिन सकिन्छ भोट ?

आइतबार, २६ मंसिर २०७३, ०६ : ५९ मा प्रकाशित

पुष्पालाई सिएनन सुपर हिरो बनाउने अबसर, भोलिसम्म मत दिन पाइने, कसरी दिन सकिन्छ भोट ?

अर्थ संसार
काठमाडौं–तपाईंले बालबालिकाको हितमा कार्यरत नेपालकी छोरी पुष्पा बस्नेतलाई सन् २०१२ मा सिएनएन हिरो बनाउन अनलाइन भोटिङ् गर्नु भएको थियो ?

त्यस बर्ष तपाईं हाम्रो भोटले उनी सिएनएन हिरो बनिन् । यस बर्ष फेरि उनलाई सिएनएन सुपरहिरो बनाउने अबसर आएको छ  । अमेरिकी टेलिभिजन सिएनएनले उनलाई यस बर्ष सुपरहिरोका लागि मनोनित गरेको छ । सिएनएनले हिरो छान्न थालेको १० बर्ष पूरा भएको अबसरमा पहिले हिरो छानिएकामध्ये पाँच जनाबाट सुपरहिरो छान्न लागेको हो । आउनुहोस्, यस पटक उनलाई सुपरहिरो बनाउन भोट गरौं ।

सिएनएनले पुष्पासँगै सन् २००८ की सिएनएन हिरो लिज म्याककार्ने, सन् २००९ का सिएनएन हिरो एफ्रेन पेनाफ्लोरिडा, सन् २०११ की सिएनएन हिरो रोविन लिम र सन् २०१३ का सिएनएन हिरो चाड प्रेग्य्राकलाई सिएएनएन सुपर हिरोका लागि मनोनयन गरेको छ । 

सिएनएन हिरो बनाउनका लागि अमेरिकाको न्युयोर्क समय अनुशार आइतबार डिसेम्बर ११ बेलुका साढे ९ बजेसम्म भोट हाल्न सकिन्छ । नेपाली समयअनुसार भोलि सोमबार विहान सबा ८ बजेसम्म भोट हालिसक्नु पर्ने छ । 

पुष्पालाई सीएनएनको वेवसाइटमा गएर सिधा इमेल वा फेसमार्फत लगइन गरेर भोट हाल्न सकिन्छ । 
यस्तै सिएनएन हिरोको पेजको मेसेन्जरमा क्लिक गरेर पनि आफूले चाहेको व्यक्तिलाई भोट हाल्न सकिन्छ । त्यसमा तपाईंले फेसबुक पेजबाट आफूलाई लगइन गर्नु पर्छ ।

त्यस्तै ट्वीटरमा गएर पनि इन्सर्ट नेम लेखेको स्थानमा आफूले चाहेको व्यक्तिको नाम उल्लेख गरेर भोट हाल्न सकिन्छ । नाम उल्लेख गरेपछि त्यसलाई ट्वीट गर्न पर्छ । 

सिएनएृनले सुपरहिरोको घोषणा न्युयोर्क समयअनुसार आइतबार राती गर्नेछ ।

अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत भएकी हुन् ।

कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गर्ने बस्नेतको केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका ३७ बालबालिका आश्रित छन् ।

 

584cac04c1af6.com

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको