Like us!
Follow us!
Connect us!
Watch us!

बचतमा १० र मुद्धतीमा १२ प्रतिशत व्याजदर पाउने अन्तिम दिन चैत २ गते

मंगलबार, २९ फागुन २०७४, १२ : ५४ मा प्रकाशित

बचतमा १० र मुद्धतीमा १२ प्रतिशत व्याजदर पाउने अन्तिम दिन चैत २ गते

अर्थ संसार,काठमाडौं– एनआईसी एसिया बैंकले संचालनमा ल्याएको समुन्नती प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १बर्षे धनबर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) चैत २ गते शुक्रबारसम्म खोल्न सकिने छ । यो योजना चैत्र ३ गतेदेखि बन्द हुने भएको छ ।

बैंकर्स संघको निर्धारित व्याजदरलाई वेवस्था गर्दै व्याजदर बढाएको भन्दै संघ र एनआईसी एसिया विच चरम विवादमा पुगेको थियो ।

उक्त विवालाई सोमबार राष्ट्र बैंकको मध्यस्थतापछि बैंकले चैत २ गतेदेखि लागू हुनेगरी बचतमा ८ र मुद्धती खातामा ११ प्रतिशतमा झार्ने भएको हो ।

‘हालै सृजित असहज परिस्थितीले गर्दा उपरोक्त उल्लेखित दुवै योजनाहरुलाई ग्राहक महानुभावहरुको प्रचुर लोकप्रियताको बाबजुद पूर्वनिर्धारित योजना बमोजिम निरन्तरता दिन असमर्थ भएकोमा सोबाट आमग्राहक महानुभावहरुमा पर्न गएको असुविधाका लागि बैंक क्षमाप्रार्थी छ ।’सहायक प्रमुखकार्यकारी अधिकृत (सुचनाअधिकारी) सुधिर नाथ पाण्डेले भन्नुभयो– ‘लाखौं ग्राहकमहानुभावहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवाप्रदान गरी वहाँहरुको सर्वाङ्गिण आर्थिक समृद्घिकालागि एक उत्कृष्ट बैंक पनि साथीपनिबन्ने हाम्रो महाअभियानमाहामी सदा प्रतिवद्ध छौं ।’

बैंकको भनाई जस्ताको तस्तै

आमसर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ सेवाएवं सुविधाहरु प्रदानगर्दैआइरहेको राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस एनआई सी एशिया बैंकले विभिन्नग्राहकमुखी योजनाहरू पस्केर ग्राहकमहानुभावहरुलाई लाभान्वित तुल्याइरहेको विषय सर्वविदितै छ ।

साथै, बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८३ शाखा सहितनिजी क्षेत्रको सवैभन्दा वढि शाखा सञ्जालभएको बैंक बन्न सफल यस बैंक १८५ एटिएम सहितमुलुककै सबैभन्दा वढि एटिएम सञ्जालभएको बैंक समेत बन्न सफलभएको छ ।

समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७५ भन्दा बढि भौतिक सञ्जालमार्पmत् बैकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ । साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढि पुगी यस बैंक हालग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भैसकेको छ ।

त्यसैगरी वित्तीय परिसुचकांककाहिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थानबनाउन सफल भैसकेको छ । बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रु १०४ अर्ब र कुलनिक्षेप करिब रु १२४ अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुलकर्जा तथाकुलनिक्षेपको आकारको हिसाबले निजीलगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ । साथै, संस्थागत सुशासन, जोखिमब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आइरहेको छ ।

छोटो समयमै बैंकलाई यस उचाईमा पुर्याउन अमुल्य योगदान पु¥याउनुहुने आम सर्वसाधारण, सेयरधनीहरु, सम्पूर्ण आदरणीय सेवाग्राहीहरु,शुभचिन्तकहरु एवं आम सञ्चार जगतमावहाँहरु सबैले पुर्याउनु भएको सहयोगको लागियस बैंकहार्दिक कृतज्ञताब्यक्तगर्न चाहन्छ ।

‘बैंक पनि साथीपनि’भन्नेनाराका साथअघि बढेको यस बैंकले मिति २०७४/११/११ देखि‘धनवर्षा मुद्दती खाता’ (वार्षिक ब्याजदर १२%) र ‘समुन्नतिप्लस बचत खाता’ (वार्षिक ब्याजदर १०%) योजनासञ्चालनमाल्याएकोमाउक्त योजनाहरुले आमजनमानसमाअत्यन्तलोकप्रियताहासिल गरेको भएतापनिविगत केहि दिनयता नेपाल बैंकर्स संघ र यस बैंक विचब्याजदर सम्बन्धीविविधविषयहरुमा देखिएको असमझदारीलाई समग्र अर्थतन्त्रको सर्वाङ्गिण हितहुने गरी हल गरेर जानुपर्छ भन्ने आमधारणा रहेको महसुस गर्दै सो को लागि सार्थक प्रयास गरी जनउत्तरदायीएवं जिम्मेवार संस्थाको हैसियतले विभिन्नमतान्तरकाविचवर्तमानको असहज परिस्थिती र आवश्यकता समेतलाई मध्यनजर गर्दै यस बैंकले निम्नबमोजिमगर्ने निर्णय गरेको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सविनय अनुरोध गर्दछौं ।

यो पनि पढ्नुहोस्

एनआईसीले घटायो व्याजदर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको