Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसीले घटायो व्याजदर

मंगलबार, २९ फागुन २०७४, १२ : ११ मा प्रकाशित

एनआईसीले घटायो व्याजदर

अर्थ संसार, काठमाडौं– बैंकर्स संघको निर्णयलाई लत्याउँदै बचत र मुद्धती खातामा व्याजदर बढाएको एनआईसी एसिया बैंकले सहमति पछि व्याजदर घटाएको छ ।

सोमबार साँझ  राष्ट्र बैंकको मध्यस्थतापछि एनआइसी एसिया बैंकले बचतमा ८  र मुद्दतीमा अधिकतमा १० प्रतिशत व्याजदरमा झेरको हो । संघको निर्णयलाई वेवस्था गरी केही दिनअघि बचत खातमा १० प्रतिशत र मुद्दतीमा १२ प्रतिशत व्याजद दिने निर्णय गरेको थियो ।

यो सहमतिअनुसार बैंकले सूचना जारी गर्ने र शुक्रबारबाट सहमति लागू गरिने एनआईसी एशिया बैंकले जनाएको छ ।

संघको निर्णयलाई कार्यान्वय नगरेको भन्दै संघ र एनआईसी विच चरम विवाद चुलिएको थियो । बैंकर्स  संघको सहमति कार्यान्वय गर्न खोज्दा नमिलेपछि एनआईसी एसियको प्रमुख कार्यकारी अधिकृत लक्षमण रिसालले राजीनामा दिएसकेका छन् ।

एनआईसी एशियाले मुद्दती निक्षेपमा १२ र बचतमा १० प्रतिशत व्याजदर प्रस्ताव गरेसँगै बैंकर्स संघमा आबद्ध अन्य बैंकहरुले अन्तर बैंक कारोबार रोक्ने भन्दै कारवाहीमा उत्रिएका थिए ।

एनआईसी एसियाका प्रवक्ता सुधिर पाण्डेका अनुसार बैंकिङ क्षेत्र संवेदनशील भएकाले बाहिर नकारात्मक चर्चा हुनेगरी विवादमा आउने काम नगर्नुहोस राष्ट्र बैंकले भनेपछि हामीहरुले पनि त्यहि गर्ने निर्णय गरेका हो ।

 गत मंसिरसम्ममा एनआइसी बैंकले अन्य बैंकबाट ४ अर्ब ३० करोड रुपैयाँ र राष्ट्र बैंकबाट भने ४० करोड सापटी लिएको देखिन्छ । बैंकले ऋणपत्र लगायतबाट पनि ५० करोड रुपैयाँ पुँजी प्राप्त गर्दै आएको छ ।

  चैत २ गतेसम्मका लागनीकर्ताले उक्त व्याजदर लागू हुने

११ देखि संचालनमाल्याएको समुन्नतीप्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १बर्षे धनबर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) अन्तर्गत यही ४ चैत्र २ गते शुक्रबार सम्ममात्र नयाँ खाता खोल्न सकिने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको