Like us!
Follow us!
Connect us!
Watch us!

एसविआइको एफपिओको मूल्य संशोधन, अब ९७१ रुपैयाँ प्रतिकित्तामा आउने

शुक्रबार, २४ मंसिर २०७३, १२ : ३७ मा प्रकाशित

एसविआइको एफपिओको मूल्य संशोधन, अब ९७१ रुपैयाँ प्रतिकित्तामा आउने

अर्थ संसार

काठमाडौं–नेपाल एसबिआइ बैंकले जारी गर्न लागेको फर्दर पब्लिक अफरिङ (एफपिओ)को मूल्य संसोधन गरेको छ । बैंकले ६७ हजार ७ सय ६८ कित्ता एफपिओ जारी गर्ने तयारी गरेको छ । त्यसको जारी मूल्य संसोधन गरेर ९७१ रुपैयाँ तोकेको हो । बैंकले यसअघि एफपिओको मूल्य प्रति कित्ता ९८४ रुपैयाँ तोकेको थियो ।

बैंकको संचालक समितिले धितोपत्र बोर्डको निर्देशन अनुसाार १ सय ८० दिनको औषत मूल्यलाई आधार मानेर एफपिओको मूल्य तोकेको बताएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । बोनस पछि बैंकले १० बराबर ४ कित्ताका दरले हकप्रद सेयर निस्कासन गर्ने तयारी गरेको छ ।

बोनस र एफपिओ जारी गरेपछि बैंकले हकप्रद निस्कासन गर्ने छ । हकप्रद ल्याएपछि बैंकको चुक्ता पूँजी १ अर्ब ९९ करोड १९ लाख ४२ हजार रुपैयाँले बढ्ने छ।

यो पनि पढ्नुहोस्

रहेनन् तीतो सत्यका ‘लाजालाम’

सरकारले थाल्यो टोखा–नुवाकोट सुरुङमार्गको तयारी

विकास खर्च नगर्ने कर्मचारीलाई कारबाही गर्न संसद विकास समितिको निर्देशन

नेपाल एफएमले माग्यो तीन जना संबाददाता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको