Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बजार आज ५ बजेसम्म खुल्ला हुने

विहीबार, २८ मंसिर २०७४, १३ : ५९ मा प्रकाशित

धितोपत्र बजार आज ५ बजेसम्म खुल्ला हुने

 

अर्थ संसार, काठमाडौं– बुधबार बेलुका लागेको आगलागीको कारण बिहीबार (आज) धितोपत्रको दोस्रो बजार  नियमित कारोबार समय भन्दा २ घण्टा ढिला सुचारु भएको छ ।

नियमित ११ बजे सुरु हुने सेयर बजार आज १ बजे सुरु भएको हो  । आगलागीको कारण नेप्सेको सर्भर र सिस्टम लगायत अन्य प्राविधिक पक्षमा असर परेको कारण बजार सुरु गर्न २ घण्टा ढिला  भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार सेयर बजार २ घण्टा ढिला सुचारु गरिएको र सोही अनुसार कारोबार समय थप गरिएको छ ।

उक्त घटनाको छानविनको लागि समिति गठन गरेको र समितिबाट घटना तथा क्षतिको विवरण लिई सोही अनुरुप थप कारवाही अघि बडाईने नेप्सेको विज्ञप्तीमा उल्लेख छ ।

यस असहज परिस्थितिमा सम्पूर्ण सेयरधनीकर्ता, सेयर सदस्य र सरोकारवाला सवैलाई संयमता अपनाउन समेत नेप्सेले अपिल गरेको छ ।

5a3234435ab85.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको