Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गर्नुहोस्, ३ कम्पनीको IPO आउँदै

आइतबार, २४ मंसिर २०७४, १२ : २१ मा प्रकाशित

पैसा जम्मा गर्नुहोस्, ३ कम्पनीको IPO  आउँदै

अर्थ संसार, काठमाडौं– सेयरमा लगानी गर्ने हो ? गर्ने हो भने तीनवटा कम्पनीको आईपीओ निष्काशन हुँदै छ । आईपीओ निष्काशनको तयारीमा रहेको शिव श्री हाइड्रोपावर, कालिका पावर र युनियन हाइड्रोपावर कम्पनी हुन ।

यी तीन कम्पनीको आईपीओका लागि रेटिङ प्रदान गरेको छ । इक्रा नेपालले कम्पनीहरूले जारी गर्ने गरेको धितोपत्रको आधारभूत पक्षलाई आधार मानेर ग्रेड प्रदान गर्छ । रेटिङ प्राप्त भएका माथिका तीन कम्पनीहरूमा जलविद्युतका हुन् ।

शिव श्री हाइड्रोपावरले जारी गर्न लागेको साधारण सेयर (आईपीओ) का लागि ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्षलाई औसतभन्दा तल रहेको बुझाउँछ ।

यस कम्पनीले प्रतिकित्ता  सयका दरले ३५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । जसमा १४ लाख कित्ता स्थानीयका लागि र बाँकी २१ लाख कित्ता सर्वसाधारणका लागि छुट्ट्याइएको छ ।

त्यस्तै, कालिका पावर कम्पनीको आईपीओले इक्रा नेपालबाट ग्रेड ४ रेटिङ प्राप्त गरेको छ । यस कम्पनीले प्रतिकित्ता  सयका दरले १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो, जसमा ६ लाख कित्ता स्थानीयका लागि र बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

आइपिओ निष्काशनको लागि यस कम्पनीले २०७४ असार २८ गते धितोपत्र वोेर्डमा आवेदन दिएको छ ।

त्यसैगरी युनियन हाइड्रोपावरले निष्कासन गर्न लागेको २५ लाख कित्ताको आईपीओलाई ग्रेड ५ रेटिङ प्रदान गरेको छ, जसमा ६ लाख ३३ हजार ७ सय ४५ कित्ता स्थानीयका लागि र बाँकी १८ लाख ६६ हजार २ सय ५५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

आइपिओ निष्काशनको लागि यस कम्पनीले २०७४ साउन २९ गते धितोपत्र वोेर्डमा आवेदन दिएको छ ।

यो पछि पढ्नुहोस्

स्टाण्डर्ड चार्टर्ड बैंकको १०० प्रतिशत बोनस सेयरको प्रस्ताव

पुष ३ देखि राधी विद्युत कम्पनीको आइपिओ बजारमा, यहाँबाट आवेदन दिनुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको