Like us!
Follow us!
Connect us!
Watch us!

स्टाण्डर्ड चार्टर्ड बैंकको १०० प्रतिशत बोनस सेयरको प्रस्ताव

आइतबार, २४ मंसिर २०७४, ११ : ३८ मा प्रकाशित

स्टाण्डर्ड चार्टर्ड  बैंकको १००  प्रतिशत बोनस सेयरको प्रस्ताव

 

अर्थ संसार, काठमाडौं–  स्टाण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्नो सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको यही मंसिर २२ गते बसेको संचालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।। उपरोक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट स्वीकृत भए पश्चात मात्र वितरण हुनेछ ।

यस बैंकको चुक्ता पूँजी ४ अर्ब ५७ लाख रुपैयाँ रहेको छ । १००५ बोनसपछि बैंकको पूँजी आठ अर्ब १ करोड पुग्ने छ । स्टाण्डर्डको रिजर्बमा ८ अर्ब ५५ करोड रहेको छ ।

४८ करोड २५ लाख ३१ हजार रुपैया खुद नाफा कमाएको छ । प्रति सेयर आम्दानी (वार्षिक)  ४८ रुपैया १८ पैसा र नेत्वोर्थ ३ सय १३ दशमलव ४९ छ ।

5a2ccd1e1446b.jpg 5a2ccd1f46b50.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको