Like us!
Follow us!
Connect us!
Watch us!

बुढीगण्डकीमा लगानी गर्दै कर्मचारी सञ्चय कोष

सोमबार, १८ मंसिर २०७४, ११ : ५४ मा प्रकाशित

बुढीगण्डकीमा लगानी गर्दै कर्मचारी सञ्चय कोष

अर्थ संसार, कामठााडैं– राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्कडी जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषले समेत लगानी गर्ने संकेत गरेको छ ।

कुल एक हजार २०० मेगावाट क्षमताको उक्त आयोजनामा कोषले वार्षिक रु १० अर्ब लगानी गर्न सक्ने प्रतिबद्धता जनाएको छ । बूढीगण्डकी जस्ता ठूला आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सरकारले आग्रह गरे लगानी गर्न समस्या नहरेको कोषको भनाइ छ ।

यो आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा कर लगाएको थियो । उक्त करबाट हाल रु १३ अर्ब रकम जोहो भइसकेको छ ।

कोषले नै वार्षिक रु १० अर्ब लगानी गर्दा १० वर्षमा रु १ खर्ब रकम  उठ्ने देखिएको छ ।  पेट्रोलियम कर र कोषको लगानी जोड्दा करिब २ खर्ब रुपैयाँ हुन्छ । यसो हुँदा कूल करिब रु २ खर्ब ६० अर्ब रुपैयाँ लगानी अनुमान गरिएको आयोजना निर्माण गर्न रु ६० देखि ७० अर्ब रकम मात्र खोजे हुने अवस्था छ ।

मन्त्रिपरिषद्ले आयोजना निर्माणको जिम्मा नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले पनि स्वदेशी लगानीमै आयोजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

यो पनि पढ्नुहोस्

कम्पनी छानीछानी सेयर किन्नुहोस्, यी सात कम्पनीको सेयर बिक्री खुल्ला 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको