Like us!
Follow us!
Connect us!
Watch us!

कम्पनी छानीछानी सेयर किन्नुहोस्, यी सात कम्पनीको सेयर बिक्री खुल्ला

सोमबार, १८ मंसिर २०७४, ११ : १२ मा प्रकाशित

कम्पनी छानीछानी  सेयर किन्नुहोस्, यी सात  कम्पनीको सेयर बिक्री खुल्ला

अर्थ संसार, काठमाडौं– तपाईसँग भएको पैसा सेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने अहिले बजारमा  सात कम्पनीको सेयर  बजारमा विक्री भईरहेको छ ।

सात ओटा कम्पनीको सेयर बोलकबोलमा राखिएको छ । अधिकांश कम्पनीको हकप्रद निष्काशनको समयमा विक्री नभएको सेयर बोलकबोलमा राखिएको हो ।

बोलकबोल सेयर विक्री गर्ने कम्पनीमा काबेली विकास बैंक, नेपाल क्रेडिड एण्ड कमर्स बैंक लि., सानिमा माइ हाइड्रोपावर, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, कञ्चन डेभलमेन्ट बैंक, कावेली विकास बैंक, नेपाल ग्रामिण विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् ।

कुनको कति ?

काबेली विकास बैंक

 हकप्रद निष्काशनको समयमा नविकेको सेयर आज अर्थात मंसिर १८ गतेदेखि काबेली विकास बैंक लिमिटेडको सेयर शिलबन्दी बोलपत्र बिक्री खुल्ला गरिएको छ ।

बैंकको नबिकेको १२ हजार ५ सय ८७ कित्ता सेयर आजदेखि शिलबन्दी बोलपत्र बिक्री खुल्ला गरिएको हो ।खरिदकर्ताले प्रतिकित्ता न्युनतम १०० रुपैयाँ देखि बोलकबोल मार्फत मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकले गत भाद्र १८ गते देखि कार्तिक १५ गते सम्मको लागि बिक्रि खुल्ला गरिएकोमा सो अबधि भित्र सम्पूर्ण सेयरको लागि आबेदन नपरेकोले फेरी बाँकी रहेको हकप्रद बिक्री खुल्ला गरेको हो।

यहाँबाट आवेदन दिनुहोस्

बैंकको शिलबन्दी बोलकबोल सेयर खरिदकर्ताले निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडमा आवेदन दिन सक्नेछन् ।

 नेपाल क्रेडिड एन्ड  कमर्स बैंक लिमिटेड

यस बैंकको संस्थापक सेयर बोलकबोलमा राखिएको छ । बैंकले संस्थापक तर्फको ४ लाख ४४ हजार ६२२ कित्ता सेयर बोलकबोलमा राखिएको छ ।  लगानीकर्ताले गए कात्र्तिक २८ गते पुस ३ गतेभित्र आवेदन दिन सक्नुहुनेछ । यसकालागि बैंकले एनआइबिएल क्यापिटल मार्केट्सलाई विक्री प्रबन्धमा नियुक्त गरेको छ ।

सानिमा माई हाइड्रोपावर लिमिटेड

सानिमा माई हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तर्फको  १ लाख ४६ हजार ५९२ कित्ता सेयर बोलकबोलमा राखिएको छ । लगानीकर्ताले यही मंसिर ११ गतेबाट मंसिर १९ गतेसम्म आवेदन दिन सक्नेछन
 । यसका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई सेयर विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड

 यस माइक्रोफाइनान्स लिमिटेडले  सर्वसाधारण तर्फको १ हजार ३५१ कित्ता सेयर बोलकबोलमा राखिएको छ । लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेडबाट यही मंसिर १३ गतेबाट मंसिर १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड

सर्वसाधारण तर्फको  १४ हजार ५६५ कित्ता सेयर  बोलकबोलमा राखिएको छ । लगानीकर्ताले यही मंसिर १५ गतेदेखि मंसिर २६ गतेसम्म ग्लोबल आइएमई क्यापिटलबाट आवेदन दिन सक्नेछन् ।

नेपाल ग्रामिण विकास बैंक लिमिटेड

 यस बैंकले संस्थापक तर्फको १ लाख ४५ हजार ५७२ कित्ता सेयर बोलकबोलमा राखेको छ । इच्छुक लगानीकर्ताले  मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयर विक्रीको लागि बैंकले एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड

यस बैकले सर्वसाधारण तर्फको १८ हजार २८६.५० कित्ता सेयर बोलकबोलमा राखेको छ । लगानीकर्ताले यही मंसिर २४ गतेदेखि पुष ९ गते सम्म एस क्यापिटल लिमिटेडमार्फत आवेदन दिन सक्नुहुनेछ ।
 

5a24e3e10394f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको