Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने

अर्थ संसार

बुधबार, १९ बैशाख २०८१, ११ : ५७ मा प्रकाशित

नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौत आज भएको हो ।

सेयर सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन् । 

सुपर खुदीको प्रति कित्ता एक सय रुपैयाँ अंकित ७५ लाख ९५ हजार कित्ताबराबर हुन आउने ७५ करोड ९५ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ । 

सम्झौता कार्यक्रममा कोषका का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी थिए । यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीहरूको सेयर प्रत्याभूति गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको