Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने

अर्थ संसार

विहीबार, १३ बैशाख २०८१, १५ : १७ मा प्रकाशित

धितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने

नेपाल धितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।

बोर्डले आज एक सूचना जारी गर्दै बोर्डमा भएको लगानी योग्य रकम मुद्दति निक्षेपमा लगानी गर्नुपर्ने भएकाले इच्छुक क वर्गका बैंकहरुसँग आवेदन माग गरेको हो । बैंकहरुले दिनसक्ने एक वर्षको अधिकतम ब्याजदरसहित योग्यता खुल्ने आवश्यक कागजात समावेश गरि वैशाख १७ गतेभित्र सिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।

सिलबन्दी प्रस्तावहरु १७ गते अपरान्ह ५:१५ बजे बोर्डको कार्यालयमा खोलिने जनाइएको छ । पछिल्लोसमय बैंकमा फेरि लगानीयोग्य रकम थुप्रिन थालेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको