Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंक अब कैलालीको धनगढीमा

बुधबार, ०६ मंसिर २०७४, १९ : ०३ मा प्रकाशित

ज्योति विकास बैंक अब कैलालीको धनगढीमा

अर्थ संसार, काठमाडौं  - ज्योतिविकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा आजदेखि  कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४, चौराहमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन समारोहका प्रमुख अति थिनेपाल राष्ट्र बैंक धनगढीका प्रमुख, निर्देशक धनन्जय शर्मा तथा धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले संयुक्त रुपमा गर्नृु भएको थियो ।

गत हप्ता भित्र मात्रै ज्योतिविकास बैंकले मकवानपुर जिल्लाको ग्रामिण भेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर र काठमाडौंको नेपालटारमा नँया शाखा संचालनमा ल्याएको थियो ।

आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण् ाभेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्रनहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिँदै आएको कुरा कार्यक्रमका सभापति एंव बैंकको संचालक समितिका सदस्य जगदीश्वर प्रसाद अधिकारीले जानकारी गराउनुभयो ।

उक्तकार्यक्रममा विशेष अतिथि कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्नृु भएको थियो ।

कार्यक्रममा बैंकको संचालक  समितिका सदस्यहरु, बैंकका नायब प्रमुख अधिकृत मनोज कुमार ज्ञवाली, उपमहानगरपालिका ४ नम्बर वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजनात थाकर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ ।

हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँकर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्तापूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँज ीपुग्नेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको