Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेच्च अदालतमा बम ! हल्ला मात्रै (फोटो र भिडियो सहित)

मंगलबार, ०५ मंसिर २०७४, १६ : ०८ मा प्रकाशित

नोट: सवै भन्दा तल छ ।

अर्थ संसार, काठमाडौं–  सर्वाेच्च अदालतका कर्मचारीहरु कार्यालय आउँदै थिए । कर्मचारी कोही आफ्नो कार्य कक्षामा पुगेका थिए भने कोही पुग्न पनि पाएका थिएनन् । त्यत्तिकैमा बाहिर एउटा हल्ला आयो ।  सर्वाेच्च अदालतको परिसरभित्र बम राखिएको छ ।

सवै कर्मचारी हतारहतारमा बाहिर  निष्किए । विस्तारै यो हल्ला मिडिया कर्मिहरुलाई पुग्यो । देशको सर्वाेच्च अदालतमा बम राखिएको भन्दै राजधानीका सवै मिडियका पत्रकारहरु रिपोटिङको लागि आए ।

सर्वाेच्चको गेट भित्र कर्मचारी बाहीर पत्रकार र सर्वसाधारणको भिड लागेको थियो । करिव ३ घण्टापछि नेपाली सेना बम डिस्पोज गर्न प्रविधि र तालिम प्राप्त कुकुर सहित सर्वाेच्च आइपुग्यो ।

तर, सेना र कुकुरले चारै तिर खोजतलास गर्दा कही, कतै  बम फेला परेन । बम छैन भन्दै  सर्वाेच्च अदालतबाट सेना फर्कियो । गेट बाहिर बसेका पत्रकारपनि फर्किए । आज सर्वाेच्चको काम भने सवै ठप्प भएको छ ।

5a140074ef66a.jpg 5a14008f7a6e4.jpg 5a14009628ba1.jpg 5a1400b24c904.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको