Like us!
Follow us!
Connect us!
Watch us!

आज देखि सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने

अर्थ संसार

मंगलबार, १६ माघ २०८०, १० : ३३ मा प्रकाशित

आज देखि सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने

माघ १६ गते अर्थात आजदेखि सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म खुल्नेछन् ।

सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारी कार्यालयहरु वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । उक्त अवधिमा शुक्रबार भने बिहान १० देखि अपरान्ह ३ बजेसम्म कार्यालय खुला रहनेछ ।

यसैगरी कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपरान्ह ४ बजेसम्म कार्यालय समय रहनेछ । सूचना अनुसार सरकारी कार्यालयमा दिउँसो १:३० देखि २ बजेसम्म खाजा खाने समय छुट्याइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको