Like us!
Follow us!
Connect us!
Watch us!

गृह मन्त्रालयले कैदीबन्दीलाई योग र ध्यान गराउने

अर्थ संसार

मंगलबार, १२ मंसिर २०८०, १४ : ३२ मा प्रकाशित

गृह मन्त्रालयले कैदीबन्दीलाई योग र ध्यान गराउने

गृह मन्त्रालयले देशभरका कैदीबन्दीहरुलाई योगाभ्यास र ध्यान गराउने तयारी गरेको छ ।

मन्त्रालयको ‘स्वजागरण’ अभियानअन्तर्गत देशभरकै कारागारहरुमा योग तथा विपश्यना शिविर सञ्चालन गर्न लागिएको हो । सोमबार गृह मन्त्रालयमा छलफल उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराईलगायतको उपस्थितिमा भएको छलफलले नेपाल विपश्यना केन्द्रको व्यवस्थापनमा शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । शिविरको शुरुआत नक्खु जेलबाट गरिने जनाइएको छ ।

नक्खुपछि क्रमैसँग देशका केन्द्रीय कारागार लगायतका कारागारहरुमा शिविर सञ्चालन गर्दै जाने मन्त्रालयको योजना रहेको छ । शिविर पटकपटक सञ्चालन गरिने पनि जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको