Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि खुल्यो नेपाल कम्यूनिटीको हकप्रद सेयर, यहाँबाट आवेदन दिनुहोस

विहीबार, २६ असोज २०७४, ११ : ५९ मा प्रकाशित

आजदेखि खुल्यो नेपाल कम्यूनिटीको  हकप्रद सेयर, यहाँबाट आवेदन दिनुहोस

अर्थ संसार, काठमााडौं– आजदेखि नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडको १ बराबर १.२ को अनुपातमा हकप्रद  सेयर निष्कासन भएको छ ।

  असोज १७ गतेसम्म कायम लगानीकर्ताहरुले असोज २६ देखि कात्तिक २९ गतेसम्म आवेदन दिन सक्ने  सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेडले जनाएको छ ।

 १०० रुपैयाँ अंकित मूल्यमा २६ करोड ४३ लाख ५३ हजार ८८० रुपैयाँको २६ लाख ४३ हजार ५३८.८० कित्ता सेयर निष्काशन गरेको हो ।

यहाँबाट आवेदन दिनुहोस्

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।आवेदन  एनआइबीएल क्यापिटल मार्केट्स काठमाडौं तथा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बुटवल–८ रुपन्देही तथा यसका अधिकांश शाखा कार्यालयबाट  दिन सकिनेछ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगंज, नेपालगंज, नारायणगढ तथा धनगढी शाखाबाट पनि हकप्रद सेयर भर्न सकिनेछ ।

यो पनि पढ्नुहोस्

अहिलेसम्म ५ जलविद्युत कम्पनीले गर्यो लाभांश घोषणा, कुनको कति ? 

59df08ccc52d4.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको