Like us!
Follow us!
Connect us!
Watch us!

युनियन हाइड्रोको उत्पादन केन्द्रीय प्रसारण लाइनमा, छिट्टै आइपिओ आउँदै

सोमबार, ०२ असोज २०७४, १२ : ३० मा प्रकाशित

युनियन हाइड्रोको उत्पादन केन्द्रीय प्रसारण लाइनमा, छिट्टै आइपिओ आउँदै

अर्थ संसार, काठमाडौं– युनियन हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ३ मेगावाटको मिदिम करापु जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ ।

सिभिललगायत अन्य संरचनाको निर्माण सम्पन्नपछि परीक्षण उत्पादन सफल भएको कम्पनीका अध्यक्ष किरण मल्लले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । आयोजनाको सिभिल निमार्ण हाइ हिमालयन हाइड्रोले गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई पहिलो चरणमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावितका लागि आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । युनियनले पहिलो चरणमा ६ करोड ३३ लाख ७४ हजार रुपैयाँ बराबरको ६ लाख ३३ हजार ७४० कित्ता आईपीओ निष्कासन गर्ने छ ।

यो पनि पढ्नुहोस्

अहिलेसम्म ४४ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

दशैंको पैसा जम्मा गर्नुहोस्, सपोर्ट माइक्रोफाइनान्सको आईपिओ भर्नुहोस्

आयल निगम प्रमुख खड्का बर्खास्त 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको