Like us!
Follow us!
Connect us!
Watch us!

निजी विमानस्थल बनाउँदै विश्वकै धनाढ्य एलन मस्क

अर्थ संसार

सोमबार, १६ साउन २०७९, १३ : ५० मा प्रकाशित

निजी विमानस्थल बनाउँदै विश्वकै धनाढ्य एलन मस्क

टेस्लाका प्रमुख तथा विश्वकै धनाढ्य एलन मस्कले टेक्सासमा निजी विमानस्थल निर्माण गर्ने योजना बनाएका छन् । मस्कले टेक्सासस्थित अस्टिनको पूर्वमा बास्ट्रोप नजिकै विमानस्थल बनाउने भएका हुन् । स्पेसएक्स, टेस्ला र द बोरिङ कम्पनीलगायत मस्कका कम्पनीहरू पहिले नै टेक्सासमा स्थापना भएका छन् ।   

तर, मस्कको निजी विमानस्थल बनाउने योजनाको आधिकारिक पुष्टि भएको छैन । यस कदमलाई विमानस्थल योजना कार्यमा राख्नुअघि एफएए  र वातावरणीय क्लियरेन्सको स्वीकृति आवश्यक हुनेछ । बोरिङ कम्पनीले आफ्नो मुख्यालय पनि टेक्सासमा सारेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको