Like us!
Follow us!
Connect us!
Watch us!

डिम्याट खाता नविकरण नगरे कारोबार रोक्का

सोमबार, ०२ साउन २०७४, १३ : १२ मा प्रकाशित

डिम्याट खाता नविकरण नगरे कारोबार रोक्का

अर्थसंसार,काठमाडौ –केन्द्रीय निक्षेप प्रणाली(सीडिएस¬सी)ले साउन मसन्तासम्म हिताग्रहि (डिम्याट) खाता सञ्चालन गरेवापतको नविकरण शुल्क नबुझाउने लगानीकर्ताको कारोबारमा रोक लगाउने भएको छ ।

आर्थिक वर्ष २०७३ / ७४ मा सञ्चालन गरेवापतको नविकरण शुल्क प्रतिखाता वार्षिक एक सय रुपैयाँ बुझाउनुपर्छ ।

तोकिएकै समयमा शुल्क नबुझाएका लगानीकर्ताको कारोवारमा रोक लगाउने सीडिएससीले जनाएको छ ।केही दिन अघिसम्म सीडिएससीमा आठ लाख ६९ हनार दुइ सय ५० नजाले डिम्याट खाता खोलेका छन् ।

सबै लगानीकर्ताले साउन मसन्तासम्म आफ्नो खातामा रहेको निक्षेप सदस्यकोका गएर शुल्क भुक्तानी गर्नुपर्ने सीडिएसकी प्रवक्ता सविना पुनारीले बताइन् ।

पछिल्लो समय खाता खोल्ने तर नविकरण नगर्ने प्रवृती बढेकाले कडाई गर्नु परेको उनले बताईन् ।हालसम्म खातामा खोलेर पनि शुल्क नबुझउने लगानीकर्ताको दायित्व एक करोडभन्दा माथि पुगेको पुजारीले जानकारी दिइन् ।

यो पनि पढ्नुहोस्

तपाई काठमाडौंमा व्यवसाय गर्दै वा गर्ने सोचमा हुनुहुन्छ ? कुन व्यवसायको कति कर तिर्नु पर्छ ? यहाँबाट हेर्नुहोस् (सूचीसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको