Like us!
Follow us!
Connect us!
Watch us!

अवैध रुपमा बिक्री वितरण भैरहेको सूर्तिजन्य पदार्थ जफत गरी अनुसन्धान शुरु

मंगलबार, ०९ जेठ २०७४, १० : ३२ मा प्रकाशित

अवैध रुपमा बिक्री वितरण भैरहेको सूर्तिजन्य पदार्थ जफत गरी अनुसन्धान शुरु

अर्थ संसार,
काठमाडौं । आन्तरिक राजस्व विभागबाट खटिएका कर्मचारी र करदाता सेवा कार्यालयको संयुक्त टोलीले राजधानीका विभिन्न पान पसलहरुमा जेठ ५ गते शुक्रवार एकै समयमा अनुगमन गरेको छ ।

विभिन्न व्राण्डका पान मसला सूर्ती, गुट्खा, खैनी लगायतका वस्तु राजस्व नतिरी अनधिकृत तवरबाट आयात गरी बिक्री वितरण गरिरहेको सूचनाका आधारमा अनुगमन गरिएको हो ।

नेपालमा राजस्व तिरेर सञ्चालन गरिरहेका सूर्तिजन्य उद्योगलाई प्रत्यक्ष असर पार्ने गरी अनाधिकृत रुपमा सूर्तिजन्य पदार्थको कारोवार भएको जानकारी हुनासाथ सो नियन्त्रण गर्न तथा राजस्व चुहावट नियन्त्रण गर्न विभाग सक्रिय भएको छ । आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयले अनुसन्धानका क्रममा निम्न पसलहरुमा अनुगमन गरेको थियो । 

आन्तरिक राजस्व विभागबाट खटिएको टोलीलाई सूर्ती, खैनी, गुट्खा, पान मसलामा स्टीकर टा“स भए नभएको र स्वास्थ्य सम्बन्धी चेतावनीमूलक सन्देश र चित्र अंकित भए नभएको हेर्ने, नियमानुसार नभएको देखिए जफत गर्ने अधिकार प्राप्त थियो ।

त्यसैगरी सूर्ति, खैनीको ४ सय ग्रामको आउटर प्याकेट गुट्खा, पान मसला, माउथ फ्रेसनरको १५० ग्रामको आउटर प्याकेट नभए जफत गर्ने तथा पसलबाट छिरेर गोदामसम्म पुग्न निर्देशन दिइएको थियो ।

टोलीले अनुगमन गर्दा विभिन्न व्राण्डका अवैध सूर्ती, खैनी, गुट्खा तथा अवैध रुपमा भित्रिएको ब्ल्याक ९द्यबिअप० ब्राण्डको चुरोट समेत फेला पारी कव्जामा लिई कारवाही अगाडि बढाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको