Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको ऋणपत्र आजबाट खुल्ला

अर्थ संसार

शुक्रबार, १६ असोज २०७७, ०८ : २१ मा प्रकाशित

सिद्धार्थ बैंकको ऋणपत्र आजबाट खुल्ला

अर्थ संसार, काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले आज(असोज १६ गते शुक्रबार)बाट ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुल्ला गरेको छ । 
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले ३० लाख कित्ता ८.५०% एस.बी.एल. डिबेन्चर २०८४ बिक्री खुल्ला गरेको हो । जसमध्ये लगानीकर्ताले वार्षिक ८.५०% ब्याजदर पाउन सक्नेछन् ।

बैंकका अनुसार ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र १८ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गरिनेछ । उक्त ऋणपत्रमा न्यूनतम  २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ताका लागि आवेदन रहेको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिद्धार्थ बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न असोज १ गते बिहीबार अनुमति दिएकाे थियाे । 

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेड गर्नेछ ।

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको