Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने हो ? सोमबार चार अर्बको ट्रेजरी बिल आउँदै

शनिबार, १९ चैत्र २०७३, १२ : २१ मा प्रकाशित

लगानी गर्ने हो ? सोमबार चार अर्बको ट्रेजरी  बिल आउँदै

अर्थ संसार 
काठमाडौं – तपाईसँग लगानी गर्ने पैसा छ वा कहाँ लगानी गर्ने होला भनेर चिन्ता मानिरहनु भएको छ । अब धन्दा नमान्नुस लगानीको एक पछि अर्को सूवर्ण अवसरहरु आइरहेको छ । विभिन्न बैंक तथा वित्तिय संस्थाले आएपिओ जारी गरेका छन् । 

ऊर्जा उद्यमीले १० अर्ब बढी सरकारी अनुदान पाउँदै, यस्ता छन् अनुदान पाउने आयोजना 

एफपिओ पनि जारी गरीरहेका छन् । त्यसमा  नेपाल राष्ट्र बैंक पनि थपिएको छ । बैंकले विभिन्न खालका लगानीका अवसर एक पछि अर्को गर्दै खडा गरिरहेको अवसरमा फेरी अर्को अवसर आएको छ । त्यो लगानीको अवसर मध्ये एक हो टे«जरी बिल । 

बैंकले  सोमबार रु ४ अर्ब ९२ करोडको ट्रेजरी बिल्स निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि रु ५६ करोड  र एक वर्षका लागि रु ४ अर्ब ३६ करोड को ट्रेजरी बिल्स बोलकबोलबाट निष्काशन गर्ने भएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको