Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जा उद्यमीले १० अर्ब बढी सरकारी अनुदान पाउँदै, यस्ता छन् अनुदान पाउने आयोजना

शनिबार, १९ चैत्र २०७३, ११ : १७ मा प्रकाशित

ऊर्जा उद्यमीले १० अर्ब बढी सरकारी अनुदान पाउँदै, यस्ता छन् अनुदान पाउने आयोजना

अर्थ संसार 
काठमाडौँ, सरकारको एकै निर्णयले विभिन्न जलविद्युत् आयोजनाले प्रतिमेगावाट रु ५० लाख अनुदान पाउने भएका छन् । निर्णय वस्तुगत रुपमा कार्यान्वयन भए ऊर्जा उद्यमीले रु १० अर्ब अनुदान पाउनेछन् । 

ऊर्जा मन्त्री जनार्दन शर्माकाकाअनुसार निर्णय कार्यान्वयन भए  ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, २५ मेगावाटको अपर मोदी, २२ मेगावाटको माई, १४.९ मेगावाटको हेवाखोला, ३.५ मेगावाटको चर्नावती, ५ मेगावाटको टाँडीखोला, ६ मेगावाटको दरौदी लगायतले एकमुष्ट अनुदान पाउनेछन् ।

लामो समयदेखि उर्जा उद्यमीले भ्याट फिर्ता दिइने भन्ने सरकारको नीतिको कार्यान्वयन नभएको भन्दै गुनासो गरिरहेका थिए । विद्युत् विकास विभागका अनुसार साउनपछि मात्र १ सय ८० मेगावाट विद्युत् थप भएको छ । 

उर्जामन्त्री जनार्दन शर्माले जलविद्युत् आयोजनाका प्रवद्र्धकहरूलाई प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने निर्णय केही दिन पहिले गरेका हुन् । मन्त्री शर्माको यो निर्णयसँगै यसैवर्ष विभिन्न अयोनाहरुले रु १० अर्ब अनुदान पाउने भएका छन् ।

०६७ सालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको बजेटले जलविद्युत आयोजनाहरुलाई अनुदान दिने घोषणा गरेको थियो । तर, अहिलेसम्म उर्जा उत्पादकहरुले अनुदान पाउन सकेका थिएनन् ।

हावावाट विजुली निकालेर भएपनि लाडसेडिङ अन्त्य गर्ने घोषणा गरेको यसअघिको केपी ओली सरकारले उर्जा उद्यमीलाई भ्याट फिर्ता दिएर उर्जा उत्पादन बढाउनतर्फ कुनै अग्रसरता देखाएको थिएन ।

लोडसेडिङ हटाएर वाहवाही कमाएका उर्जामन्त्री शर्माले विद्युत उत्पादन बढाउन प्रवद्र्धकहरुलाई अनुदान दिने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । उर्जामन्त्री भएलगै आफूले यस्तो निर्णय गर्ने घोषणा गरेका थिए । केहीदिन अघि मात्रै सो घोषणा पुरा गरे । लामो समयदेखि उर्जा उद्यमीले भ्याट फिर्ता

दिइने भन्ने सरकारको नीतिको कार्यान्वयन नभएको भन्दै गुनासो गरिरहेका थिए । मन्त्री शर्माको निर्णयअनुसार आर्थिक वर्ष ०७१र७२ देखि ०७९र८० भित्र सम्पन्न गर्ने जलविद्युत् आयोजनाहरूलाई मूल्य अभिवृद्धि कर छुटवापत एकमुष्ट ५० लाख रुपैयाँ अनुदान पाउने छन् । तर, मन्त्री शर्माले आफ्नो यो निर्णय मन्त्रिपरिषदमा लैजाँदैछन् । मन्त्रिपरिषदले निर्णय गरेपछि मात्रै यो कार्यान्वयनमा आउनेछ ।

एक वर्षअघि मन्त्रिपरिषद्बाट पारित राष्ट्रिय ऊर्जा संकट निवारण तथा विकास दशकसम्बन्धी कार्ययोजनामा आर्थिक वर्ष ०८२र०८३ भित्र सम्पन्न हुने आयोजनालाई एकमुष्ट अनुदान दिने निर्णय भएको थियो । तर, अर्थ मन्त्रालयले २०७९र०८० सम्म निर्माण सम्पन्न हुने आयोजनालाई मात्र दिने जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको