Like us!
Follow us!
Connect us!
Watch us!

किन्ने होइन मेगा बैंकको हकप्रद लिलामी सेयर ? आजदेखि बजारमा

आइतबार, १३ चैत्र २०७३, ११ : १४ मा प्रकाशित

किन्ने होइन मेगा बैंकको हकप्रद लिलामी सेयर ? आजदेखि बजारमा

प्राधिकरणका आयोजना बर्षौ लम्बिदा, अपि पावर युद्धस्तरमा अगाडि बढ्यो, अपर नौगाडले खोल्दैछ विकासको ढोका [फोटो फिचर ]

 

अर्थ संसार 
काठमाडौं– मेगा बैंकको लिलामी हकप्रद सेयर आज (आइतबार) देखि खुल्ला भएको छ ।  बैंकल ३ लाख ८६ हजार ८ सय ८२ कित्ता हकप्रद शेयर लिलाम बढाबढमा बिक्रि गरेको हो । इच्छुक लगानीकर्ताले उक्त शेयरमा चैत २० गतेसम्म आवेदन दिन सक्छन् । 

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ

मेगा बैंको लिलामी सेयरको निष्काशन तथा बिक्री प्रबन्धक नबिल ईन्भेष्टमेन्ट एण्ड बैंकिंङ रहेको छ । 

बैंकको शेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ प्रतिकित्ता अंकित मूल्य राखेर न्यूनतम १०० कित्ता र बढीमा १० अंकले भाग जाने गरी अधिकतम १० हजार कित्तासम्म आवेदन दिनसक्नेछन् ।

बैंकको शेयर खरिद गर्न चाहने लगानीकर्ताले उक्त परिमाणमा क्यापिटलको कार्यालय नक्साल वा मेगा बैंकको केन्द्रिय कार्यालय कमलादीबाट लिलामीमा आवेदन फारम लिएर बुझाउन सक्नेछन् ।

बोलकबोल नतिजा बिक्री प्रबन्धकको कार्यालय नक्सालमा चैत २१ गते ३ बजे खोल्ने जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको