Like us!
Follow us!
Connect us!
Watch us!

क्वारेन्टाइनमा बसेकी एक महिलाको मुत्यु

निशा हुमाँगाई

मंगलबार, १३ जेठ २०७७, १४ : ०३ मा प्रकाशित

क्वारेन्टाइनमा बसेकी एक महिलाको मुत्यु

अर्थ संसार, काठमाडौं – प्युठानमा क्वारेन्टाइनमा बसेकी महिलाको आज मुत्यु भएको छ ।

ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टाइनमा बसेकी मल्लरानी गाउँपालिका वडा नं ४ गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् । 

उनी लामो समयदेखि भारतमा बे्रन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले जनाएको छ । शव के गर्ने भन्ने विषयमा प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताए ।

महिलासँगै उनका श्रीमान्, भाइ र छोराछोरीसहित यही जेठ ८ गते नेपाल आएको र उनीहरुलाई एउटै कोठामा राखिएको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताइन् । परिवारका पाँच सदस्यको कोरोना आरडिटी हुँदै छ । रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिने स्वास्थ्य शाखा प्रमुख गुरुङले बताए ।’ - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको