Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

निशा हुमाँगाई

मंगलबार, १३ जेठ २०७७, १३ : १९ मा प्रकाशित

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

अर्थ संसार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) सर्वदलीय बैठक बोलाएका छन् । 

उनले प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन् । उनले बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन् । सीमालगायत विभिन्न विषयमा पनि बैठकमा छलफल गरिनेछ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको