Like us!
Follow us!
Connect us!
Watch us!

फेरि थपिए २२ जना कोरोना संक्रमित

निशा हुमाँगाई

मंगलबार, १३ जेठ २०७७, १३ : ३८ मा प्रकाशित

फेरि  थपिए २२ जना कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं – रौतहट जिल्लामा पनि थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण  पुष्टि भएको छ । यो सँगै रौतहटमा कोरोना संक्रमित हुनेको सँख्या ६९ पुगेको छ ।

संक्रमितमध्ये गौर नगरपालिकाका ७ जना, देवाही गोनाही नगरपालिकाका १४ जना र राजदेवी नगरपालिकाका १ जना रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन् । संक्रमण पुष्टि भएकाहरुमा तीनजना बालबालिकासमेत रहेको उनले बताए ।

त्यसैगरी, यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय २८ पुगेको छ । यसअघि आजै बिहान मात्र सुर्खेतमा १२ जना र बारामा पनि ५ जनामा काेराेना संक्रमण पुष्टि भएको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको