Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा कोरोनाबाट झन्डै डेढ लाख संक्रमित

निशा हुमाँगाई

मंगलबार, १३ जेठ २०७७, १२ : ०९ मा प्रकाशित

भारतमा कोरोनाबाट झन्डै डेढ लाख संक्रमित

अर्थ संसार, काठमाडौं - भारतमा मङ्गलबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ४५ हजार ३८० पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मङ्गलबार बिहान जारी तथ्याङ्क अनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार १६७ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६० हजार ४९० जना रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ८० हजार ७२२ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ५२ हजार ६६७ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् ।

महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १७ हजार ८२ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १४ हजार ४६० संक्रमति रहेका छन् । दिल्लीमा १४ हजार ७३ जना कोरोना संक्रमित रहेका छन् ।

भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । - (रासस/एएनआई)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको