Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

मंगलबार, २३ बैशाख २०७७, १० : २७ मा प्रकाशित

मंगलबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (मंगलबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४४ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेकाे छ ।

त्यसैगरी, मंगलबार एक कुवेती दिनारको खरिददर ३९१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ०२ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३२० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३२२ रुपैयाँ ०५ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०१ पैसा र बिक्रीदर २८ रुपैयाँ १५ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

यसका साथै, मंगलबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको