Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा थप ७ जनामा काेराेना संक्रमण : संक्रमितकाे संख्या ८२ पुग्याे

निशा हुमाँगाई

मंगलबार, २३ बैशाख २०७७, ०८ : ४८ मा प्रकाशित

नेपालमा थप ७ जनामा काेराेना संक्रमण : संक्रमितकाे संख्या ८२ पुग्याे

अर्थ संसार, काठमाडौं - नेपालमा थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याे सँगै नेपालमा संक्रमितकाे संख्या ८२ पुगेकाे छ । 

बाँकेको नेपालगञ्जमा पुनः आज सात जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–८ का चार महिला र तीन पुरुषमा कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले बताएका छन् । २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेका उनले बताए । 

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका अधिकारीले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको