Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना भाइरसविरूद्धको अभियानमा विशाल ग्रुपको एक करोड सहयोग

निशा हुमाँगाई

विहीबार, १३ चैत्र २०७६, १६ : ४५ मा प्रकाशित

कोरोना भाइरसविरूद्धको अभियानमा विशाल ग्रुपको एक करोड सहयोग

अर्थ संसार, काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमले भयावह रूप लिइरहँदा विशाल  ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले यो संकटविरूद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । 

भीजी फाउन्डेसनले अब एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरूसँग सहकार्य गरिरहेको छ । 

‘यो संकटविरूद्ध लागि रहेका स्वास्थ्यकर्मी र यसको प्रभाव भोगिरहेकालाई सहयोग गर्न प्रतिबद्ध सबै सहकर्मीहरूप्रति विशाल ग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।’ विज्ञप्तीमा भनिएकाे छ ।

कोरोना भाइरसकको त्रास सुरू भएपछि भीजी फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्कहर वितरण गरेको थियो । 

सरकारले लागू गरेको प्रतिबन्ध र लकडाउन सबैको सुरक्षाको लागि हो र सबै मिलेर यसको पालना गर्न भीजी फाउन्डेसनले सर्वसाधारण तथा जनतालाई अपिल गरेकाे छ । 

त्यसैगरी, यो विषम परिस्थितिमा भीजी फाउन्डेसनले आफ्नो स्रोत र शिपको माध्यमबाट मुलुकलाई सहयोग गर्न प्रतिवद्ध गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको