Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

मंगलबार, २७ फागुन २०७६, ११ : ०६ मा प्रकाशित

सुनकाे मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) पनि सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । दिनहुँ बढ्दै गइरहेकाे सुनकाे मूल्यले आज पनि उकालाे यात्रा तय गरेकाे हाे ।

आइतबार प्रतिताेला ८२ हजार ५ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (मंगलबार) ताेलाकाे २ सय रूपैयाँले बढेर प्रतिताेला ८२ हजार ७ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य भने ताेलाकाे १० रूपैयाँले घटेर प्रतिताेला ८ सय ८० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको