Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तले डाक्याे विशेष साधारण सभा, बुकक्लाेज कहिले ?

निशा हुमाँगाई

मंगलबार, २७ फागुन २०७६, १० : ४४ मा प्रकाशित

मिर्मिरे लघुवित्तले डाक्याे विशेष साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार, काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

संस्थाकाे फागुन २५ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे विशेष साधारण सभा चैत्र १७ गते साेमबार हुने भएकाे छ ।

यसैगरी, विशेष साधारण सभा प्रयाेजनार्थका लागि चैत्र ७ गतेदेखी चैत्र १७ गतेसम्म बुकक्लाेज गरिने भएकाे छ । तसर्थ, चैत्र ६ गतेसम्म नेप्सेमा काराेबार भएर संस्थाकाे शेयर रजिष्ट्रर कार्यालय नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड, हात्तिसार, काठमाडाैंमा प्राप्त शेयर नामसारी भई लिखितकाे आधारमा शेयरधनी दर्ता कितावमा कायम शेयरधनीहरूले मात्र उक्त सभामा भाग लिन सक्ने संस्थाले जनाएकाे छ ।

 संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5e672256e7a37.jpg 5e67225c3a9c0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको