Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सले ऋणपत्र निष्कासन गर्दै, कहिलेबाट र व्याजदर कति ?

निशा हुमाँगाई

आइतबार, १८ फागुन २०७६, १४ : ३२ मा प्रकाशित

गुडविल फाइनान्सले ऋणपत्र निष्कासन गर्दै, कहिलेबाट र व्याजदर कति ?

अर्थ संसार, काठमाडौं - गुडविल फाइनान्स लिमिटेडले फागुन २८ गते बुधबारदेखि २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले वार्षिक १२ प्रतिशत व्याजदरमा प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।  

२५ कराेडमध्ये १५ कराेड रूपैयाँ बराबरकाे १ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिनेछ । त्यस्तै, बाँकी १ कराेड रूपैयाँ बराबरकाे १ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कासनको माध्यमबाट बिक्री हुनेछ । र, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

ऋणपत्रमा प्रतिकित्ता १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म भर्न पाइनेछ ।

त्यसैगरी, एनआईबिएल एस क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्रमा लगानीकर्ताले  छिटोमा चैत्र २ गते र ढिलोमा चैत्र १२ गतेसम्म  आवेदन दिन पाइनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको