Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार ७.७९ अंकले वृद्धि,,प्रभु र एनआईसी एशियाले गरे करोडौको  कारोबार

प्रजना राई

बुधबार, ०६ कार्तिक २०७६, १६ : ०९ मा प्रकाशित

शेयर बजार ७.७९ अंकले वृद्धि,,प्रभु र एनआईसी एशियाले गरे करोडौको  कारोबार

अर्थ संसार, काठमाडौं –  साताको शुरुदेखि ओरालो लागेको बजार मंगलबारदेखि उकालो लागेको छ । आज बुधबार  नेप्से मापन गर्ने सूचक ७.७९ अंकले बढेर ११४२.६० बिन्दुमा रोकिएको छ ।

जुन अघिल्लो दिनको तुलनामा ०.६९ प्रतिशतले बढी हो ।  कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६८ अंकले बढेर २५०.१७ बिन्दुमा रोकिएको छ ।  

१५३ कम्पनीको कारोबारमा ६ लाख ४ हजार ७२८ कित्ता शेयर कारोबार हुँदा  १६ करोड ३७ लाख ५७ हजार ८४७ रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ८३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३८ वटाको थप घटेको छ । 

बैंकिङ समूहको ६.६, होटल २१.५१, डेभलपमेन्ट बैंक ७.६३, जलविद्युत १६.३, निर्जीबन बीमा ९.७७, माइक्रोफाइनान्स ८.३९, जीवन बीमा समूहको उपसूचक ४८.२८ अंकले बढेको छ ।

११ कम्पनीको शेयर किनबेच भएकोमा बैकिङ कारोबार रकमको आधारमा सबैभन्दा धेरै प्रभु बैंक र एनआइसी एशियाको बढी कारोबार भएको छ । प्रभु बैंकको मात्रै २ करोड ७२ लाख १६ हजार ३ सय ७६ रुपैयाँको कारोबार भएको छ । भने एनआइसी एशियाको १ करोड ४६ लाख ९३ हजार २ सय ४० रुपैयाँको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको