Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सार्वजनिक विदा (विज्ञप्तिसहित)

अर्थ संसार

विहीबार, १९ भदौ २०७६, १६ : ४४ मा प्रकाशित

शुक्रबार सार्वजनिक विदा (विज्ञप्तिसहित)

अर्थ संसार, काठमाडौं –  कागेअष्टमीको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा भोलि (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ ।

नगरपालिकाको वडा नम्बर १ स्थित कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमी (भाद्रशुल्क अष्टमी) मा मेला लाग्ने गर्छ । यस पटक पनि अष्टमी देखि ३ दिनसम्म लाग्ने मेला आयोजना गरिएको छ ।

कागेश्वरीको प्रर्वद्धनको लागि मेला आयोजना गरिएको कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले बताउनुभयो ।

‘कागेश्वरी प्रसिद्ध धार्मिक स्थल हो, त्यही भएर नगरपालिकाको नाम नै आधारित मानेर राखिएको छ’उहाँले भन्नुभयो,‘नगरपालिकाले त्यो ठाउँलाई धार्मिकको साथै पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना बनाएको छ ।’।

5d70ebe526059.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको