Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्रमा लगानी गर्ने हो ? हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, ०२ भदौ २०७६, ०८ : ३१ मा प्रकाशित

ऋणपत्रमा लगानी गर्ने हो ? हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं- हिमालयन बैंक लिमिटेडले निश्कासन गरेको ऋणपत्रमा आवेदन दिनु भयो ? नदिएको भए आजै दिनुहोस्  । किन कि आज अन्तिम दिन हो  । ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले बैंकिङ खुल्ले समयसम्म आवेदन दिन सक्नेछन् ।

बैंकले  १०० रुपैयाँ मूल्यमा  गत साउन २ गतदेखि  ३ अर्ब रुपैयाँबराबरको अर्थात ३० लाख इकाई ऋणपत्रका इकाई निश्कासन गरेको थियो ।

ऋणपत्र खरिदका लागि छिटोमा साउन ६ गते र ढिलोमा भदौ १ गतेभित्र आवेदन दिइसक्नुपर्ने भनिएको थियो ।तर निष्कासन तथा बिक्री खुला अवधि एक दिन थप गरेर भदौ २ ९सोमबार० सम्म ऋणपत्र खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको हो ।

बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ नामको ऋणपत्रका १ हजार दरका ३० लाख युनिट जारी गरेको छ। ऋणपत्रको कुल युनिटमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई ब्यक्तिगत तवरबाट बिक्री खुला गरिएको छ ।

बैंकको ऋणपत्रमा लगानी गर्नेहरुले वार्षिक १०५को हिसाबले ब्याज पाउनेछन् । ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुने बैंकले जनाएको छ । बैंकले ७ वर्षे अवधिको ऋणपत्र निश्कासन गरेको हो ।

यसअघि बैंकले ७ बर्षे अवधिको हिमालयन बैंक लिमिटेड बण्ड-२०७७ जारी गरेको थियो । बैंकले उक्त ऋणपत्रमा आठ प्रतिशत ब्याज उपलब्ध गराइएको थियो ।

ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमीटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको